संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : मन्त्री शर्मा « Khabarhub

संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : मन्त्री शर्मा


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीयताविरुद्व षड्यन्त्र भइरहेको बताएकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको आज उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद भएको बताइन् ।  

कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुने गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘संघीयताविरुद्ध आवाज उठाउन हुन्न, संघीयता आवश्यक छैन भन्नु गलत हो ।’

‘हिजोका गाविस कति थिए, पदाधिकारी कति थिए, राज्यले कतिलाई तलब खुवाउनुपथ्र्यो, कति साधनस्रोत खर्च हुन्थ्यो, आजको गाउँपालिका कत्रो छ, पदाधिकारी कति छन्, त्यो बुझ्न आवश्यक छ’, उनले भनिन्, ‘प्रदेश कत्रो छ, त्यसभित्र कार्यपालिका, सरकार संसद्मा नेतृत्व गर्ने व्यक्ति र केन्द्रमा नेतृत्व गर्ने कति छन्, ती सबैको हिसाबकिताब गर्ने हो भने विगतमा भन्दा बढी खर्च हुने देखिँदैन ।’

कुनै समयमा राजनीतिक अस्थिरतका कारण सरकार सानो ठूलो बन्यो होला त्यो एउटा समीक्षाको पाटो हुन सक्ने मन्त्री शर्माको भनाइ छ । उनले भनिन्, ‘वडामा अध्यक्षसहित पाँच प्रतिनिधि रहेका छन् । खर्चका हिसाबले पनि हिजोको भन्दा बढी हुन सक्दैन । हिजोका गाविसले दिने सेवा र आजका गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा आकाश पातलको फरक छ ।’ 

विगतमा भएका गल्तीकमजोरीलाई लिएर तीन तहको सरकारको विरुद्धमा जाने कुरा बेठिक भएको बताउँदै उनले संविधानले तोकेअनुरुप केन्द्रका लागि २५ मन्त्री, प्रदेशमा २० प्रतिशतभन्दा माथि जान नपाउने भनेर घटाएर सानो बनाएको स्पष्ट पारिन्। मन्त्री शर्माले भनिन्, ‘खर्चका हिसाबले पनि हिजोका भन्दा आज कम छ ।’

जनयुद्ध र आन्दोलन जगमा टेकेर संविधानसभा निर्माण भएको उल्लेख गर्दै उनले संविधानसभाबाट संविधान निर्माण गरी तीन तहको सरकार गठन गरेको स्मरण गरिन्। ‘संघीय, प्रदेश र अधिकार सम्पन्न हुने गरी स्थानीय तहको सरकार गठन गरेका छौँ ।’, उनले भनिन्, ‘संविधानमा लिपिबद्ध गरी सञ्चालन प्रक्रिया र अधिकार सबै संविधानमा व्यवस्थाको गरेर अघि बढेका छौँ ।’

स्थानीय तहको सरकार जनताको नजिकको सरकार, जनताको साथी, दुःख सुखमा साथ दिने सरकार भएकाले सहज तरिकाबाट जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिइन्। 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित