वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल « Khabarhub

वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल


५ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन गर्दै उनले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताए ।

उनले भने, “ऐन त्यति बेलाको आवश्यकता र चेतनाअनुसार बन्यो, अब अहिले यो क्षेत्रमा नयाँ समस्या देखापरेका छन्, ती नयाँ समस्या समाधान गर्नका निम्ति नयाँ नीति निर्माण गर्नुपर्छ, त्यसकारण रोजगार ऐनलाई पनि परिमार्जन गर्दै जानुपर्छ ।”

उनले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार व्यवसायीमा जाने श्रमिकको आपसी सम्बन्धलाई पनि सन्तुलित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

“अहिले एउटा देशको नागरिक अर्को देश नगइकन आजको दुनियाँ चल्दैन, यो अन्तरनिरर्भरताको दुनियाँ हो, तर अब नेपाली विदेशमा जाने होइन, विदेशी रोजगारीका निम्ति नेपालमा आउने परिस्थिति बनोस् भन्ने हामी सबैको चाहना छ, तर आज हामी जहाँ छौँ त्यही ठाउँबाट अगाडि बढ्ने हो, आजकै दिनमा वैदेशिक रोजगार व्यवसायलाई रोक्छु भनेर हुँदैन”, उनले भने।

सोही अवसरमा बागमती प्रदेशका विना विभागीयमन्त्री उद्धव थापाले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई ऐनमा परिमार्जन गरेर समाधान गर्नुपर्नेमा जोड दिए।

भण्डारी नेतृत्वको प्रगतिशील–व्यावसायिक समूहले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनेलगायत ४६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि स्थापित छाता सङ्गठनका रूपमा आजभन्दा ३० वर्षअघि सङ्घको स्थापना भएको हो ।

सङ्घले वैदेशिक रोजगार ऐन, २०६४ को थप परिमार्जन गरी व्यावसायिक तथा श्रमिकमैत्री बनाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्कवापत लिन पाउने व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित