एसियाकै ठूलो पाकरी वृक्षको संरक्षण र संवर्द्धन जरुरी रहेको सरोकारवालाको भनाइ « Khabarhub

एसियाकै ठूलो पाकरी वृक्षको संरक्षण र संवर्द्धन जरुरी रहेको सरोकारवालाको भनाइ


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको देवदहस्थित ऐतिहासिक पाकरी वृक्षको उचित संरक्षण र संवर्द्धन हुन जरुरी रहेकामा जोड दिइएको छ ।

देवदह नगरपालिका–८ मा रहेको यो वृक्ष एसियाकै सबैभन्दा ठूलो र पुरानो रूखमध्ये एक भए पनि सरकारले उचित व्यस्थापनमा ध्यान दिन नसकेको स्थानीयवासीको गुनासो छ ।

रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स लुम्बिनीको सहकार्यमा आज पाकरी वृक्ष भएकै स्थलमा आयोजना गरिएको ‘पर्यटन प्रवर्द्धनमा औद्योगिक प्रदर्शनीको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो गुनासो गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले यो ऐतिहासिक स्थलको विकासका लागि सबैले पहलकदमी लिनुपर्ने बताए । “यो क्षेत्र विकास कोषअन्तर्गत पर्दैन तर सबै मिलेर प्रयास गर्न सकिन्छ । सही योजना निर्माण गर्न सके बजेट जुट्न पनि समय लाग्दैन”, उनले भने । यो क्षेत्रमा आउने पर्यटकका लागि पाकरी पार्क तथा अन्य संरचना निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

वडा नं ८ का निवर्तमान वडाध्यक्ष डण्डपाणी भट्टराईले धेरै विशेषता बोकेको पाकरी वृक्षमा गिद्ध नबस्ने र हात्ती नजिक नआउने र कुनै चराचुङ्गीले गुँड नलगाउने गरेको पाइएको बताए । उनले यो क्षेत्रमा थप जग्गा अधिग्रहण गरेर उचित संरक्षणको पहल थाल्नुपर्ने बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले ओझेलमा परेका पर्यटकीय गन्तव्यको खोजी अभियान सुरु गरिएको बताइन् । “हामीले नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिहेका छौँ, ऐतिहासिक क्षेत्र भएर पनि प्रचारमा आउन नसकेका यस्ता क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँछौँ ”, उनले भनिन् ।

पाकरी वृक्ष संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले पर्यटकीय पूर्वाधार नहुँदा पाकरी वृक्ष हेर्न आउनेहरू खिन्न भएर फर्किने गरेको गुनासो गरे ।

पर्यटन प्रवर्द्धन उपसमितिका संयोजक टङ्कनारायण आचार्यले औद्योगिक प्रदर्शनी रमाइलो मेला मात्र नभई स्थानीय उत्पादन र पर्यटकीय गन्त्वयको प्रचारप्रसार गर्ने थलो रहेको उल्लेख गरे ।

कार्यक्रममा रुपन्देही उद्योग सङ्घका सचिवालय सदस्य जमुना पोखरेल, प्रदर्शनी प्रचारप्रसार समिति संयोजक लालहरि पाण्डे, पर्यटन व्यवसायी अरुण ज्ञवालीलगायतले ऐतिहासिक पर्यटकीयस्थलको विकास र व्यवस्थापनमा तीनै तहका सरकारले चासो दिनुपर्ने बताए ।

पूर्व पश्चिम राजमार्गको शीतलनगर चोकदेखि दुई किमी दक्षिणमा रहेको पाकरी वृक्षको उचाइ करिब ९६ फिट र फैलिएका हाँगाको परिधि करिब पाँच सय फिट रहेको छ ।

पुरातत्व विभागले गरेको सर्वेक्षणअनुसार विशाल पाकरी वृक्ष शाक्य वंशको पालादेखि रहेको अनुमान छ । प्राचीन कोलीय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको मानिएको छ । यो ठाउँ गौतम बुद्धकी माता मायादेवीको जन्मस्थानबाट नजिक भएकाले बुद्धले यस वृक्षमुनि ध्यान साधना गरेको हुनसक्ने विश्वास रहेको स्थानीय हरिप्रसाद पाण्डेले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित