पोखरामा पर्यटकलाई अब सूर्योदयसँगै जिपलाइनको मजा « Khabarhub

पोखरामा पर्यटकलाई अब सूर्योदयसँगै जिपलाइनको मजा


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् ।

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो ।

पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई जिपलाइनको अनुभवसमेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए । उनकाअनुसार बिहान ५ देखि ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडबाट गाडीमा सराङकोटसम्म पु¥याएर सूर्योदय दृश्यावलोकनसहित जिपलाइनको अवसर प्रदान गरिनेछ । हाल बिहान ९ बजेपछि मात्र जिपलाइन सेवा सञ्चालन हुँदै आएको छ ।

उनले भने “सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरूका लागि बिहानको समयमा जिपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरूलाई सबेरै साहसिक जिपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।”

हाल दैनिक चार सयदेखि पाँच सय जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरूलाई लक्षित गरी हाइग्राउण्डले जिपलाइन सेवा सुरु गरेको हो । सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफास्ट र जिपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

सराङकोटमा समुद्र सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको स्टेशनबाट याम्दीमा नौ सय ५० मिटर उचाइको तल्लो स्टेशनसम्म जिपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी आठ सय मिटर छ ।

विश्वमै छ सय मिटरको सबैभन्दा भिरालो (स्टिपेष्ट) जिपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताए । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ । हाइग्राउण्ड एडभेञ्जरले एक दशकअघिदेखि पोखरामा जिपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहसिक पर्यटकलाई लक्षित गरी जिपलाइन, बञ्जी, स्विङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ ।

पोखरामा पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्य थपिँदै जाँदा पर्यटकको बसाइ अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङबाट साहसिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जिपलाइन, बञ्जीसँगै क्यानोनिङलगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित