स्मार्ट पालिका बन्दै महानगर « Khabarhub

स्मार्ट पालिका बन्दै महानगर


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ । प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने हो भने सेवाग्राहीको समय र पैसा दुवै जोगिन्छ । घण्टौँ लाइन बसेर सरकारी सेवा लिन बाध्य आमसर्वसाधाराणलाई प्रविधिको माध्यमबाट सेवा दिन सक्ने हो भने घरमै बसी बसी आफ्नो काम गर्न सक्छन् । सर्वसाधारणलाई बिना झन्झट प्रविधिका माध्यमबाट सेवा प्रदान गर्ने सेवादाता बन्ने अभियानमा जुटेको छ काठमाडौँ महानगरपालिका ।

लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौँ महानगरबासीले राहत पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीको सहजिकरणका लागि ‘काठमाडौँ महानगरपालिका सेवा प्रवाह’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी पूरा गरेको छ । सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्न महानगरपालिकाले २८सौँ महानगर दिवसको अवसरमा सो एप सार्वजनिक गरेको हो ।

महानगरवासीलाई अधिकतम सेवा सहजरूपमा प्रदान गर्न डिजिटल सेवा शुरु गरिएको महानगर प्रमुख बालेन्द्र शाहले बताए । ‘सेवाग्राहीले आफूलाई चाहिएको सिफारिस तत्काल उपलब्ध गराउन सकिन्छ’, १७ नं वडाका वडाअध्यक्ष नवीन मानन्धरले भने । सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न सबै वडाका अध्यक्ष र कर्मचारीलाई तालिम प्रदान गरिसकिएको महानगर सूचना प्रविधि समितिका संयोजकसमेत रहनुभएका मानन्धरले जानकारी दिए । उनले सामान्य खालका सिफारिस मोबाइल एपबाटै लिन सकिने बताए ।

आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको महानगर सूचना विभागका विभागीय प्रमुख नवराज ढकालको भनाइ छ । सेवाग्राहीको काममा प्रविधिको अधिकतम प्रयोगलाई सहज गराउन हरेक वडाध्यक्षलाई ट्याबसमेत प्रदान गरिसकेको ढकालले बताए ।

स्मार्ट पालिका सफ्वेयर डेभलपरले तयार गरेको एपमा महानगरका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जनगुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोहर भट्टराईले बताए । उनले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट महानगरबासीले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दाबी गरे । उनका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप महानगरले सञ्चालनमा ल्याएको हो । 

एकदमै राम्रो शुरुआत भएको भन्दै वडाअध्यक्षहरूले यसलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसले वडा कार्यालयको ६० देखि ७० प्रतिशत सेवाग्राहीको चाप कम हुनेछ । ‘यो एप पूर्णरूपले सञ्चालनमा आयो भने वडा कार्यालयमा हुने ७० प्रतिशत सेवाग्राहीको चाप घट्छ’, वडा नं वडाध्यक्ष ख्यामराज तिवारीले भने, ‘साना साना कामका लागि पनि वडा कार्यालयमा आउनु पर्ने बाध्यता हट्ने भएकोले सेवाग्राही र महानगर दुवैका लागि यो अत्यन्तै उपयोगी छ ।’

– भरतमणि ज्ञवाली रासस


प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित