निर्माणाधीन खानेपानीको ट्याङ्की अलपत्र « Khabarhub

निर्माणाधीन खानेपानीको ट्याङ्की अलपत्र


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्याङ्की अलपत्र परेको छ । नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए ।

उनका अनुसार करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी पु¥याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको हो । प्रदूषित क्षेत्रमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका–५ का राजेश महतोले बताए । उनले इन्दु शङ्कर चिनी उद्योगबाट निस्केको प्रदूषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यवस्थापनको काम गर्दा आफूहरुले शुद्ध पिउने पानी नपाउने बताए ।

हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगको प्रदूषित पानीको ढल निकास रहेको स्थान नजिकै खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सुरु गरिएको र कसैसँग समन्वय नगरी निर्माण गरिँदा अलपत्र परेको स्थानीय शङ्कर महतोले बताए । वडाध्यक्ष नागेन्द्र साह र निवर्तमान नगरप्रमुख गणेश प्रसाइँको मिलेमतोमा केही रकम हिनामिन गर्ने मनसायस्वरुप खोला किनारमा लगेर खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको महतोको आरोप छ ।

वडाभित्रका धेरै चापाकलहरुमा आउने पानी अखाद्य रहेको र इन्दु शङ्कर चिनी उद्योगले वडा कार्यालयलाई सो जग्गा दिएका कारण सोही स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्र साहले बताए ।

आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरी २०७९ साल साउन १४ मा निर्माण सम्पन्न गर्नुपर्ने ट्याङ्की निर्माण सम्पन्न गर्नुपर्ने समयावधि सकिँदा पनि आधा काम भएको छैन । कमलेस निर्माण सेवा प्रालिले निर्माणको ठेक्का पाएको भए पनि सो प्रोजेक्टमा बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका निमित्त डिभिजन प्रमुख जानकीशरण भगतले बताए । उनका अनुसार मागअनुसारको बजेट नआएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको हो । आगामी वर्षमा हरिवन नगरपालिका–५ का स्थानीयवासीलाई शुद्ध पिउने पानीको व्यावस्था गर्ने निमित्त प्रमुख भगतले बताए।

रु आठ करोड एक लाख ५८ हजार चार सय १४ मा हरिवन नगरपालिका–५ र ६ का गरी करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी खुवाउने लक्ष्यका साथ आव निर्माण सुरु गरिएको प्रोजेक्टको करिब २६ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर मात्र पाइप बिछ्याउने कामे भएको हरिवन नगरपालिका–५ को कार्यालयले जनाएको छ । प्रोजेक्टको कम्पाउन्डवाल लगाउने काम र विद्युत्गृह निर्माणको काम सकिएको भए पनि करिब ५० प्रतिशत काम अझै बाँकी रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित