देशभर माओवादीका १० उम्मेदवारको अग्रता : कहाँ कसको सम्भावना ? « Khabarhub

देशभर माओवादीका १० उम्मेदवारको अग्रता : कहाँ कसको सम्भावना ?


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय मत पाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) कमजोर बनेको छ। आफ्नो एजेन्डामा भन्दा कहिले एमाले त कहिले कांग्रेसको आडमा सत्ता संघर्षमा लिप्त हुँदा माओवादी कमजोर बन्न पुगेको हो।

संघीय चुनावमा सत्ता गठबन्धनको भागबण्डामा रमाइलो गर्दागर्दै माओवादीलाई मतदाताले आफ्नो हैसियत देखाइदिएका छन्। मंसिर ४ मा भएको मतदानले माओवादीलाई तेस्रोबाट चौंथो वा पाँचौ दल बनाउने निश्चित भएको छ।

जारी मतगणनामा प्रतिनिधिसभातर्फ अहिले माओवादीका १० उम्मेदवारले मात्र अग्रता लिएका छन्। चितवन छोडेर गोरखा पुगेका प्रचण्डले ठूलो मत अन्तरसहित अग्रता लिएका छन्। प्रचण्डले ४८ सय मत कटाउँदा एमाले उम्मेदवार अब्दुस मियालाई पछि पार्दै दोस्रो स्थानकाा स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी प्रतिस्पर्धामा देखिएका छन्।

चितवनमा सत्ता गठबन्धनको साथ भए पनि हार्ने निश्चित भएपछि गोरखा पुगेका प्रचण्डले आफूलाई हारबाट जोगाए पनि देशभर भइरहेको पार्टीको हारलाई भने जोगाउन सकेनन्। यसले प्रचण्ड व्यक्ति सफल भए पनि असफल पार्टी अध्यक्ष बनेका छन्।

 माओवादीको अग्रता ?

माओवादीले प्रतिनिधिसभातर्फ महोतरी–१ मा अग्रता बनाएको छ। शालिन मानिएका माओवादी नेता गिरिराजमणि पोखरेलले १७ सय ३३ मत ल्याउँदा एमालेकी लक्ष्मी महतोले १६९७ मत पाएकी छन्। यहाँ चर्को प्रतिस्पर्धा देखिएकाले कत्तिबेला माओवादी पछाडि पर्छ भनेर भन्न सक्ने अवस्था छैन।

माओवादीको आधार इलाका मानिएको रोल्पामा माओवादी केन्द्रका उपाध्यक्ष वर्षमान पुन ४५ सय ५७ मतसहित अगाडि छन्। पुनलाई एमालेका पूर्ण बुढामगर १८ सय ४६ मतसहित पछ्याइरहेका छन्।

गोरखामा प्रचण्डको अग्रता, भोजपुरमा शेरधनलाई सुदन किराँतीको चुनौती। दाङमा शंकर पोखरेललाई पछि पार्दै रेखा शर्मा ।

त्यसैगरी माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटमा तीन हजार ५६ मतसहित अगाडि छन्। उनलाई एमालेका युवा नेता निरज आचचार्यले २४ सय मतसहित पछ्याइरहेका छन्।

तराईमा कमजोर भन्दा कमजोर बनेको माओवादीका लागि सर्लाही–२ अहिलेसम्म आशा देखाउने क्षेत्र बनेको छ। महिन्द्रा राय यादव ११ सय १३ मतसहित अघि छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पछ्याइरहेका छन्। महतोले ८ सय ४२ मत पाएका छन्।

शेरधनलाई सुदनको चुनौती
प्रदेश १ कै भोजपुरमा पूर्व मुख्यमन्त्री एमालेका शेरधन राईलाई पछाडि पार्दै माओवादीका सुदन किराँतीले अग्रता लिएका छन्। किराँतीले १९ सय ७२ मत ल्याउँदा राईले १३ सय ७७ मत पाएका छन्।

यता, सिन्धुली २ मा माओवादीका लेखनाथ दाहालले अग्रता बनाएका छन्। दाहाले ५ हजार ८ सय ३६ मत ल्याउँदा एमालेका मनोज थापाले ४२ सय १ मत मात्र पाएका छन्।

प्रदेश १ को खोटाङमा एमालेका विशाल भट्टराईलाई झिनो मत अन्तरले पछाडि पार्दै माओवादीका रामकुमार राई अगाडि छन्। पछिल्लो मत परिणाम अनुसार राईले १४ सय ३१ मत ल्याएका छन्।

शंकर पोखरेललाई पछि पार्दै रेखा शर्मा
माओवादी नेतृ रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पछाडि पार्दै अग्रता लिएकी छन्। दाङ–२ मा शर्माले ५३ सय ९६ मतसहित अग्रता लिएकी हुन्। एमालेका पोखरेलले ४३ सय ६४ मत ल्याएका छन्।

माओवादीले मोरङ–४ मा अग्रता लिएको छ। उक्त क्षेत्रमा माओवादीका अमनलाल मोदी पाँच हजार ७ सय ९२ मतसहित अगाडि छन् भने एमालेका विनोदप्रसाद ढकालले ४१ सय ४९ मत ल्याएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित