सप्तरी ३ र ४ मा कांग्रेसको अग्रता, एकमा जसपा, दुईमा जनमत « Khabarhub

सप्तरी ३ र ४ मा कांग्रेसको अग्रता, एकमा जसपा, दुईमा जनमत


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ।

सर्वाधिक चासोको रुपमा देखिएको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएका छन्। राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १० हजार सात सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार नौ सय ९० मत प्राप्त गरेका छन्। यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक हजार नौ सय ६१ मत ल्याएर तेस्रोमा छन्।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेका छन्। उनले १० हजार आठ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच हजार दुई सय आठ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार हजार एक सय ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले नौ हजार सात सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले पाँच हजार दुई सय ७८ र जसपाका लक्ष्मण यादवले चार हजार दुई सय ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राउतले बताए।

कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नम्बर १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नवलकिशोर साहले दुई हजार छ सय २७ मतका साथ अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका रामदेव साहका रामदेव साहले दुई हजार तीन सय ८९ मतका साथ पच्छयाई रहेका छन् भने जनमत पार्टीका जयकान्त राउत एक हजार सात सय ७५ मत का ल्याएर तेस्रोमा छन्।

क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिनेशकुमार यादवले तीन हजार २७ मतका साथ अग्रता लिएका छन् भने नेकपा एमालेका ताराकान्त चौधरीले एक हजार आठ सय ९७ मत ल्याएर दोस्रो स्थान रहँदा जनमत पार्टीका अनिश अन्सारी एक हजार चार सय ५० मत प्राप्त गरी तेस्रोमा छन्।

क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले एक हजार ४९ मतका साथ अग्रता लिएका छन् भने जसपाका बालकिशोर यादवले पाँच सय ६२ मत ल्याएर उनलाई पच्छयाई रहेका छन्। जनमत पार्टीका सुकदेव साहले पाँच सय मत ल्याएर तेश्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित