निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको प्रचारप्रसार तीव्र « Khabarhub

निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको प्रचारप्रसार तीव्र


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आ-आफनो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी(पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुिक्त पार्टी, नेपाल जनता पार्टी, नेपाल सुशान पार्टीलगायत स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।  

राजनीतिकरूपमा महत्वपूर्ण मानिएको यस जिल्लामा चार  प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक सय गरी कूल एक सय ४९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चार निर्वाचन  क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं ४ मा र सबैभन्दा कम क्षेत्र नं १ मा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जिता झाले जानकारी दिइन्। उनले  निर्वाचन क्षेत्र नं १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार पाँच सय ७८ महिला र दुई अन्य गरी कूल ७७ हजार छ सय ७९ मतदाता रहेका र  क्षेत्र नं २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार आठ सय ८७ महिला र चार अन्य मतदाता रहेको बताए ।

त्यसैगरी क्षेत्र नं ३ मा ५१ हजार तीन सय ६६ पुरुष, ३९ हजार ६२ हजार महिला र चार अन्य गरी कूल ९० हजार चार सय ३२ मतदाता रहेका छन् भने क्षेत्र नं ४ मा ५० हजार तीन सय ६४ पुरुष, ४० हजार चार सय ८१ महिला र चार अन्य गरी ९० हजार आठ सय ५१ मतदाता रहेको प्रमुख झाको भनाइ छ । चार प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेश सभासदस्यका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र रहेको छ । 

  निर्वचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छ भने सबैभन्दा कम क्षेत्र नं ४ मा मात्र नौ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए। उनले  क्षेत्र नं २ र ३ मा १०-१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ छन् । प्रतिनिधि सभामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन क्षेत्र नं १ मा एमालेसँगको गठबन्धनबाट जसपाका प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति द्विवेदीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट क्षेत्र नं १ मा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बनेका छन् । क्षेत्र नं २ मा नेपाली कांग्रेससहितको पाँच दिलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र एमालेसँगको गठबन्धनका उम्मेदवार जसपा नेता सुरेन्द्रप्रसाद कुर्मीबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा श्रीवास्तावले २१ हजार एक सय ६९ मत ल्याएकामा  चौरसियाले १९ हजार सात सय चार मत पाएका थिए ।

त्यसै निर्वाचन क्षेत्र नं ३ मा सम्पन्न गत आम निर्वाचनमा फोरमका उम्मेदवार हरिनारायण रौनियारले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई एक हजार तीन सयभन्दा बढी मतले पराजित गरेका थिए । रौनियारले १५ हजार एक सय ६८ मत ल्याएकामा चौधरीले तेह्र हजार आठ सय एक मत ल्याएका थिए । क्षेत्र नं ४ मा फोरमका उम्मेदवार लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालाई  छ हजार भन्दाबढी मतले पराजित गरेका थिए ।

गत निर्वाचनमा कर्णले २० हजार सात सय ३८ मत ल्याएकामा उनका  निकटतम प्रतिद्वन्द्वी रिजालले १४ हजार सात सय दुई मत प्राप्त गरेका थिए । कर्णले यसपालि नेपाली काङ्ग्रेससहितको पाँच दलीय गठबन्धबाट निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको टिकटबाट उम्मेदवारी दिएका हुन् ।

जिल्लामा उम्मेदवारी दर्ता गाएकामध्ये स्वतन्त्र उम्मेदवारको सङ्ख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पर्साको १२ पदका लागि जम्मा तीन महिला उम्मेदवारले  आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट दुई र  एक स्वतन्त्र महिला उम्मेदवार उम्मेदवार रहेका छन् ।

– बिजयकुमार महतो रासस

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित