‘एड्स सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’ « Khabarhub

‘एड्स सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज यहाँ आयोजित ‘एचआइभी तथा यौन रोगसम्बन्धी लाञ्छना र भेद्भाव न्यूनीकरणसम्बन्धी’ अनुक्रियाका सहभागीले त्यस्ता व्यक्तिलाई लाञ्छना वा भेद्भाव नगर्दा एचआइभी तथा यौन रोग न्यूनीकरणमा सहयोग पुग्ने सुझाव दिए। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले समाजमा जनचेतना कम रहेकाले एचआइभी तथा यौन रोग लागेकालाई अझै लाञ्छना र भेद्भाव रहेको बताए। स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा दीपेन्द्ररमण सिंहले समाजमा रहेको लाञ्छना र भेद्भाव हटाउन सके मात्र एचआइभी र यौनरोग भएकाका लागि समाजमा पुनःस्थापना गर्न सकिने धारणा राखे । 

सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङ्क्रमण पुष्टि भएकाका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयले सन् २०२१ सम्म सङ्क्रमितमध्ये ८५ प्रतिशतको पहिचान, ८६ प्रतिशतको उपचार र ५१ प्रतिशतको भाइरल लोड कम गर्ने  जनाएको छ ।

केन्द्रका निर्देशक डा सुधा देवकोटाले एचआइभी तथा यौनरोग सङ्क्रमितलाई अझै पनि लाञ्छना र भेद्भाव कायम रहेको जनाउँदै सबैको सहयोगले हटाउनुपर्ने बताए । नेपालमा पहिलो एचआइभी सङ्क्रमित व्यक्ति सन् १९८८ मा पहिचान गरिएको थियो । सुइद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च छ । 

केन्द्रका अनुसार नेपालमा एचआइभी सङ्क्रमित ३० हजार रहेका छन् । तीमध्ये १६ हजार चार सय पुरुष र १३ हजार छ सय महिला तथा जन्मदेखि १४ वर्ष उमेर समूहका बालबालिका एक हजार दुई सय रहेका छन् । नेपालमा वार्षिक छ सय ८० नयाँ एचआइभीका सङ्क्रमित र एड्सबाट वार्षिक पाँच १० जनाको मृत्यु हुने गरेको केन्द्रका निर्देशक डा देवकोटाले जानकारी दिनुभयो । नेपालमा पहिलोपटक १९८८ मा एचआइभी सङ्क्रमणको पुष्टि भएको हो । राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१-२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य रहेको छ ।  

सरकारले एचआइभी रोकथाम र उपचारका लागि एचआइभी परामर्श र परीक्षण सेवाकेन्द्र ७७ जिल्लामा एक सय ८९ वटा , एचआइभी उपचार केन्द्र ६१ जिल्लामा ८४, एआरभी वितरण केन्द्र ४५ जिल्लामा ४५ केन्द्र र ओपिओइड प्रतिस्थापन केन्द्र १० जिल्लामा १२ वटा स्थापना गरेको छ । रणनीतिअनुसार एचआइभी सङ्क्रमित तथा मुख्य समूहमा एचआइभी सम्बन्धित असमानतामा कमी ल्याउने बताइएको छ । 

हेपाटाइटिस ‘सी’को उपचार पनि अब केन्द्रले गर्ने भएको छ । यसअघि एचआइभी तथा यौन रोग भएकालाई मात्र हेपाटाइटिस ‘सी’को उपचार गरे पनि अबदेखि हेपाटाइटिस ‘सी’का बिरामीको पनि उपचार गर्ने केन्द्रका निर्देशक डा देवकोटाले जानकारी दिए । उनका अनुसार अहिले छ जिल्लाका नौवटा एचआइभी उपचार केन्द्रबाट हेपाटाइटिस ‘सी’को उपचार गरिन्छ । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित