मेयर, उपमेयरको टोली स्कुल स्कुलमा « Khabarhub

मेयर, उपमेयरको टोली स्कुल स्कुलमा


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शाखाका कर्मचारीसहित जनप्रतिनिधि स्कुल-स्कुलमा पुग्न थालेका छन्।

बुधबार वडा नम्बर १ मा रहेको रक्त कालिका निम्न माध्यमिक विद्यालयमा पुगेका टोलीसमक्ष गुनासो सुनाउँदै प्रधानाध्यापक राजेन्द्र खत्रीले भने, ‘हामीकहाँ त गरिबका छोरा छोरी मात्र आउँछन्। पैसा कमाउने अभिभावकले कि सदरमुकाम कि काठमाडौं लगेर बच्चा पढाउँछन्।  भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय आउँदैनन्।’  उपप्रमुख सीता थापाले जवाफमा भनिन, ‘कसरी शिक्षालाई उपलब्धिमूलक बनाउन सकिन्छ भनेर खोजी अनुसन्धान गर्नकै लागि हामी आएका हौ।’

बुधबार नै  वडा नम्बर १ को बाङ्बा भैरवी आधारभूत विद्यालयमा पनि अनुगमन गर्न नगरपालिकाको टोली पुग्यो। कक्षाकोठासम्म पुगेर पढाइबारे विद्यार्थीसँग अन्तरक्रिया, विद्यार्थी र शिक्षकको उपस्थित भए-नभएको हाजिरी  जाँच भयो। विद्यालयका प्रधानाध्यापक रामकुमार खत्रीले सरकारी कार्यक्रम मावि विद्यालय केन्द्रित हुँदा जग नै बलियो बनाउनुपर्ने प्राथमिक विद्यालय आर्थिक अभावको चपेटामा पर्ने गरेको बताए।

मंगलबार ३ नम्बर वडाको विद्यालय अनुगमन गर्न पुगेको नगरपालिकाको टोली बुधबार १ नम्बर वडाका विभिन्न विद्यालयमा पुगेको हो। सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले उपप्रमुखको नेतृत्वमा प्रत्येक सामुदायिक विद्यालयमा पुगेर शिक्षक विद्यार्थीसँग अन्तरक्रिया गर्ने थालेको छ।

जानकारीविनै मेयर, उपमेयरसहित नगरपालिकाको टोली विद्यालयमा पुग्ने गरेको छ। नगरपालिकाको टाेलीले कक्षाकोठामै पुगेर शिक्षकहरूले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेको छ। विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले नगरभित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया भइरहेको उपप्रमुख सीता थापाले बताइन्। नगरपालिकाभित्रका प्रायः सामुदायिक विद्यालयहरूमा भवनलगायत भौतिक संरचना पर्याप्त भए पनि कतै दरबन्दी अभाव, कतै शैक्षिक सामग्रीका अभाव, कतै विद्यार्थी अभावलगायतका समस्या देखिएको उपप्रमुख थापाको भनाइ छ।

विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, लाइब्रेरी, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धिको मूल्यांकनलगायतका समग्र अवस्थाबारे जानकारी लिने गरेको नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काले बताए। निरीक्षण सकेपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझावसमेत शिक्षा शाखाले सम्बन्धित विद्यालयलाई दिने गरेको छ।

सतीदेवी माविका प्रधानाध्यापक शालिकराम वलीले यस्ता निरीक्षणले थप हौसला मिलेको बताउँदै शैक्षिक सुधारमा आवश्यकताको आधारमा नयाँ कार्यक्रम बनाउन नगरपालिकालाई सहयोग पुग्ने बताए।  विद्यालयहरूमा भौतिक संरचना मात्र भएर नपुग्ने भन्दै शैक्षिक गुणस्तरको मुख्य आधार शैक्षिक क्रियाकलापलाई गुणस्तरीय र उपलब्धिमूलक बनाउन शैक्षिक सुधारका लागि अनुगमनपश्चात ठोस योजना बनाएर कार्यान्वयन गरिने मेयर कृष्णप्रसाद सापकोटाले बताए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित