म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च « Khabarhub

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको  एक अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकामा ८६ करोड ६१ लख ५२ हजार ७८० खर्च भएको उक्त कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिए ।

विकास योजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन हुने गर्छ । जिल्लामा प्रदेशका १० र सङ्घीय सरकारका ३० कार्यालय छन् । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४.४५ प्रतिशत अथवा ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको छ । सङ्घीयतर्फ पुँजीगत शीर्षकमा  ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा  १३ करोड ४० लाख ११ हजार ७७४ सहित कूल २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ ।

प्रदेशका कार्यालयमा ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकामा ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ । खर्च भएकामध्ये २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो । सङ्घीय सरकारको  चालुतर्फ तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकामा तीन अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४.७२ प्रतिशत खर्च भएको छ । 

 ५१ करोड १३ लाख ६७ हजार ७२९ संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । सङ्घीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदानसमेत समेटिएको छ । प्रदेशको चालु शीर्षकमा ४८ करोड ५३ लाख विनियोजन भएकामा ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा  १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ । संघीय र प्रदेशको चालु शीर्षकमा स्थानीय तहलाई दिएको अनुदानको निकासा रकमसमेत जोडिएको छ ।

स्थानीय तहले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने बताइएको छ ।  सङ्घीय र प्रदेशको चालु तथा पुँजीगत गरेर गत आर्थिक वर्षमा कूल पाँच अर्ब १८ करोड ६८ लाख ८२ हजार ३६२ विनियोजन भएकामा ८७.४४ प्रतिशत अथवा चार अर्ब ५२ करोड ५८ लाख छ हजार ३६३ खर्च भएको छ ।

पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन् । यसैगरी गत आर्थिक वर्षमा जिल्लाका सङ्घीय कार्यालयबाट १५ करोड २१ लाख ५१ हजार १८४ र प्रदेशका कार्यालयबाट दुई करोड ९६ लाख ८ हजार  ७८१ राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित