मानवस्रोत नीति सरकारले बनाउनुपर्नेमा सांसद राईको जोड « Khabarhub

मानवस्रोत नीति सरकारले बनाउनुपर्नेमा सांसद राईको जोड


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद डा. विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुटै मन्त्रालय बनाउन जरुरी भएको बताएकी हुन्।

‘नेपालको मानव स्रोत भनेको निकै महत्वपूर्ण हो, अहिले युवाको जनसङ्ख्या नेपालमा धेरै देखिएको छ’– सांसद  पौडेलले भनिन, ‘नेपालमा १५ वर्ष माथि ६५ वर्षमुनिका जनसङ्ख्या धेरै हुनु असाध्यै राम्रो हो र यसलाई उपयोग गर्न सरकारले छुट्टै योजना  बनाउनुपर्छ ।’    

जनसङ्ख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उनले जनसङ्ख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसङ्ख्याको उपयोग गर्नका लागि सरकारको नीति र योजना जरुरी भएकामा जोड दिइन् । ‘युवा जनशक्ति देशमा हुनु राम्रो अवसर हो, विश्वका अन्य देशमा पनि युवा जनशक्ति भएका बेलामा धेरै विकास भएको देखिएको छ’- सांसद  पौडेलले भनिन्, ‘अहिले युवाको राम्रो सङ्ख्या देखिएको छ, सरकारले यिनको महत्व बझ्न जरुरी छ ।’

सांसद दुर्गा गुरुङले देश सुन्दर भए पनि सरसफाइलाई ध्यान नदिँदा फोहर सहरको रुपमा पहिचान बनाउँदै  गएकामा  सरकारको ध्यानाकर्षण गराइन्  । उनले राजनीति पनि फोहोरी खेलजस्तै भएको र देशको सरसफाइमा पनि ध्यान जान नसकेको बताए । सांसद बिना पोखरेलले दलित समुदायले मुलुकको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि समाजबाट दुर्व्यववहार र छुवाछुत न्यूनीकरण हुन नसकेकामा चिन्ता व्यक्त गरिन् । ‘दलित समुदायमाथि दुर्व्यवहार दण्डनीय छ, त्यसलाई कानुनी दायरमा ल्याउनुपर्छ’ –उनले भनिन्, ‘अधिकार र सम्मान व्यवहार दलित समुदायमा एकताबाट मात्र सम्भव छ, पाठ्यक्रम, धर्म र संस्कृतिले अन्धविश्वासलाई हटाउनुपर्छ, सबै समान हुन भन्ने शिक्षा प्राथमिक तहबाटै दिइनुपर्दछ । ‘

सेतु विकको सालिक तोडिएको, इनारबाट पानी निकाल्दा दुर्व्यवहार गरिएको, दलितलाई कोठाभाडा नदिइएको र दलित समुदाय आफैभित्र पनि छुत तथा अछुतजस्ता विभेद हुन दुःखद भएको उल्लेख गर्दै सांसद पोखरेलले त्यसको अन्त्यका लागि दलितभित्रै पनि अभियान सञ्चालन गर्नु जरुरी भएको बताइन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित