विदेशबाट फर्केपछि सागर बने उद्योगी « Khabarhub

विदेशबाट फर्केपछि सागर बने उद्योगी


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुधाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गरे । त्यहाँ हुँदा मासिक रु डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै काम गर्ने इच्छा शक्तिले उनी अहिले बेताबासको उद्योग चलाउँदै छन् ।

चार वर्षअघि बुबाको प्रेरणाबाट भीमदत्त नगरपालिका–१८ जानकी टोलमा बिन्ध्यावासिनी बेतबास लघु उद्योग स्थापना गरेका क्षेत्री अहिले वार्षिक रु ३० लाखको कारोबार गर्छन्। ‘रु ५० को झाडुदेखि ८५ हजारको स्तरीय सोफासेटसम्म उत्पादन गर्छु’, सागरले भने, ‘अहिले विदेशको काम छाडेकोमा कुनै पछुतो छैन ।’ उनले उद्योगबाट भएको कमाइले यहाँ आधा कट्ठा जमिन गोदाम घर बनाउन खरिद गर्नुका साथै दुई वटा मिनीट्रकसमेत किनेका छन् ।

दश जनालाई बेतबासको सामान बनाउने तालिम दिएर उद्योगमै रोजगारी दिएका क्षेत्रीले अहिले उद्योगको कारोबार रु दुई करोड पुगेको बताए । ‘घर परिवारसित बसेर आफ्नै ठाउँमा रोजगार मात्रै होइन अरुलाई समेत रोजगार दिन सकिँदो रहेछ’, उनले भने, ‘तर त्यसका लागि सरकारको प्रोत्साहन चाहिन्छ ।’ एकल महिला, अपाङ्गता भएका व्यक्ति र आर्थिक अवस्था कमजोर भएकालाई रोजगारी दिएको बताउँदै उनले उद्योग सञ्चालनअघि २० जनालाई प्रशिक्षण दिएको जानकारी दिए।

‘यहाँ उत्पादन भएका सामग्रीको खपतका लागि सुदूरपश्चिम प्रदेश नै हाम्रो मुख्य बजार हो’, क्षेत्रीले भने, ‘यहाँ कच्चा पदार्थ डडेल्धुरादेखि झापासम्मबाट समेत आयात गर्छौँ ।’ उनको उद्योगमा छ प्रकारका झाडु, ह्याङगर, सोफा, कुर्ची टेबल, मुडा, डाइनिङ सेटलगायतका सामग्री उत्पादन हुने गर्छ । ‘कच्चा पदार्थका लागि अन्यत्र धाई रहनुपरे पछि भारतीय झाडु अझै पनि महँगोमा निर्यात भइरहँदा स्थानीय उत्पादन खपतमा समस्या हुन्छ’, उनले भने ।

क्षेत्रीका बुबा लालबहादुर यहाँस्थित वन कार्यालयमा सवारी चालक छन् । करिब २१ वर्षदेखि वन अधिकृतको गाडी चलाउँदै आएका लालबहादुरले कार्यालयको कामको सिलसिलामा हाकिमसित जिल्ला बाहिर जाँदा लघु उद्योगबारे जानकारी लिएपछि छोरालाई विदेशबाट घर बोलाएको सुनाए ।

‘सरकारले उद्योग चलाउन अरू युवालाई सीपमूलक तालिम दिन प्याकेज दिए पनि हामी धेरैलाई सीप सिकाउन सक्छौँ’, उनले भने, ‘स्थानीय र प्रदेश सरकारले पनि युवा स्वरोजगारको विषयमा गम्भीर हुनुपर्‍यो ।’ उनले कोरोना कहरमा समेत उद्योगमा कार्यरत मजदुरलाई घरघरमा कच्चा पदार्थ पुर्‍याएर रोजगारी गुम्न नदिएको जानकारी दिए ।

प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्नुभएका सागर अहिले पिठो, तेल र बेसार मसला उद्योग सञ्चालनको तयारी छन् । ‘धेरै युवा खाडी मुलुकमा बिना सीप चर्को गर्मीमा श्रम बेचिरहेका छन्’, उनले भने, ‘सरकारले युवापुस्तालाई लघु उद्योगमा लाग्न प्रेरित गरे युवा शक्ति बाहिरिनु पर्दैन ।’

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित