दुधकोसी जलविद्युत आयोजनाको पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी « Khabarhub

दुधकोसी जलविद्युत आयोजनाको पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण, दुधकोशी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबिचमा बिहीबार धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साँढे ३ किलोमिटर कन्स्ट्रक्सन एक्सेस रोडको ट्र्याक खोल्नका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।

निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब ९ महिनामा एक्सेस रोड बनाउने समझदारी–पत्रमा उल्लेख छ ।

लामिडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो ।

हाल बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो ।

भ्याटसहित करिब २.२ बिलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औँल्याइएको छ ।

सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित