लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण « Khabarhub

लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो । 

उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्रयाक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । 

वडा नं १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ । वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ । वडा नं १० स्थित मिलिजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई  ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ ।

वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ । वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ । वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलिजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ । 

गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरूलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो । 

‘लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरेका हौँ’, आचार्यले भने। चालु आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले बताए । 

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित