प्रेस संग्रहालयप्रति सरकार सकरात्मक: सञ्चारमन्त्री कार्की « Khabarhub

प्रेस संग्रहालयप्रति सरकार सकरात्मक: सञ्चारमन्त्री कार्की


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् ।

वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामाग्रीसहितको संग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ ।

आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

संग्राहलय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उनले सेवा, सुविधा बढेसङ्गै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राखे । काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव उनको थियो ।

त्यस क्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिएका थिए ।

काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्राहलयबारे जानकारी दिए ।

उनले मिल्दादुल्दा नामका अनलाइनलाई सूचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, आचारसंहितालाई विभिन्न भाषामा अनुवाद गरिएको लगायतका कामहरू भएको जानकारी दिए ।

प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान संसोधनका लागि बस्नेतले सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराए ।

सञ्चारमन्त्री कार्की र सञ्चार सचिव डा. वैकुण्ठ अर्याल सञ्चार ग्राम अवलोकन गर्ने क्रममा काउन्सिल पुगेका थिए ।

भ्रमणका क्रममा मन्त्री कार्कीलाई अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य एवं पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, अर्का सदस्य दुर्गा भण्डारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित