जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रबृत्ति « Khabarhub

जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रबृत्ति


९ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विजय घलानलाई एक लाख रुपैयाँ छात्रबृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम गरी एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत पालिकाको वडा नं २ घर भएका घलानलाई जेहेन्दार विद्यार्थी छात्रबृत्तिस्वरुप सो रकम हस्तान्तरण गरेको हो । उनि पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान् अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति दिने घोषणाअनुरुप आज रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताए ।

स्थानीय तह निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकामा अध्यक्ष पदमा नवनिर्वाचित हुनुभएपछिको पहिलो बैठकमा अध्यक्ष भगवान अधिकारीले प्रत्येक आर्थिक वर्षमा पाँच किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने, स्नातक तहमा अध्ययनरत प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययनरत जेहेन्दार छात्राछात्रलाई वार्षिकरुपमा छात्रबृत्ति उपलब्ध गराउने र ६० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्करुपमा पूर्ण शरीर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयमध्येको जेहेन्दार छात्रबृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ । यसैबीच बेथानचोक गाउँपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु ५० हजारका दरले नगद वितरण गरिएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले रकम वितरण गर्ने निर्णय भएअनुरुप आज पालिकाले कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएका परिवारलाई काजकिरिया खर्चस्वरुप दुःखद् अवस्थामा रहेको परिवारलाई स्थानीय सरकारको तर्फबाट राहतस्वरुप रकम वितरण गरेको हो । कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएकामा आज ८ परिवारलाई सो रकम विरतण गरेको र बाँकीलाई पछि विरतण गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ कञ्चनजङ्गाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बेथानचोकको व्यवस्थापनमा गत वडा नं २, ५ र ६ मा गरेको आँखा शिविरमा परीक्षण भएमध्ये ४१ जनाको आज मोतियबिन्दुको शल्यक्रिया गरिएको छ ।

यसअघि सहञ्चालन भएको शिविरमा ५१८ जनाको आँखा परीक्षण भएकामा ८३ जनाको मोतियबिन्दु शल्यक्रिया गर्नुपर्ने भएकोमा आज सम्पर्कमा आएका ४१ जनाको शल्यक्रिया गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित