धुमधामसँग सिथि नखः मनाइयो « Khabarhub

धुमधामसँग सिथि नखः मनाइयो


२२ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेवार समुदायले सिथि नखः आज धुमधामका साथ मनाएको छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने सिथि नखः नेवार समुदायले मनाउने चाडपर्वमध्ये एक हो ।

नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको सिथि नखः वर्षभरी मनाउने अन्तिम पर्वका रुपमा लिइने संस्कृतविद् श्रीकान्त श्रेष्ठ बताउँछन् । वर्षायाम सुरु हुने बेलामा पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि सिथि नखः पर्व एक भए पनि यस दिन अनेक परम्परा गरी पर्व मनाउने गरिन्छ ।

यस पर्वका अवसरमा आज पानीका परम्परागत स्रोतहरूको सरसफाइ गरिएको छ । नेवार समुदायले आज आफ्नो घर, टोल र क्षेत्रमा रहेका इनार, ढुङ्गेधारा, कुवा र पोखरी सफा गरेको छ । वर्षौंदेखि चल्दै आएको उक्त परम्परा अहिले पनि जारी छ ।

सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ । काठमाडौँमा २३३ परम्परागत ढुङ्गेधारा अझै सञ्चालनमा रहेको र १५६ लोप भइसकेको बताइएको छ । परम्परागत इनार ललितपुरमा ३८८ र भक्तपुरमा ३९८ रहेको तथ्याङ्क छ ।

भगवान् महादेव र पार्वतीका ज्येष्ठ पुत्र कुमारको जन्म दिनसमेत भएकाले यस दिन बिहानै स्नान गरी कार्तिकेश कुमारको पूजा गरी विभिन्न दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको संस्कृतविद् श्रेष्ठ बताउँछन् । सिथि नखःका दिन घर आँगनमा गोबरले लिपेर पाँच पलेस्वां लेखी श्रीकुमार (सिथिद्यः) भनी आराधना गरी पञ्चोपचार घरको मूल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि देवताका रुपमा पूजा गर्ने परम्परा छ ।

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठीपारी बनाइएको विशेष खालको रोटी) समेत यस दिन खाने गरिन्छ । असारमा काम गर्न शरीर बलियो बनाउने र घरमा आएका बाधा व्यवधान हट्ने जनविश्वास रहँदै आएको छ । यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ । उपत्यकामा बसोबास गर्ने नेवारमध्ये देवाली पूजा र कुलपूजा को निश्चित तिथि नभएकाले यसै दिन कुल देवताको पूजा गरी देवाली मनाउने परम्परा छ ।

त्यसैगरी सिथि नखःको दिनदेखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्छन् । धिमे बाजा थन्क्याएर एक महिनासम्म रोपाइँमा लाग्ने भएकाले यसलाई सिनाज्या पर्व पनि भन्ने गरिन्छ । त्यसैले सिथि नखःको भोलिपल्टदेखि गथेमङ्गल अर्थात् घण्टाकर्ण नआएसम्म यो अवधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ । बौद्धमार्गीले यस दिनलाई बुद्ध महासत्व भई जन्म लिएका बेलाका रुपमा मनाउने गर्दछन् ।

सिथि नखः अर्थात् कुमार षष्ठीलाई रावण षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्रले रावणबाट हरण भएकी पत्नी सीतालाई फर्काएको दिनका रुपमा पनि यस दिनलाई लिइन्छ । नेवार समुदायले मात्रै होइन, अचेल देशभर सबै जातजातिले पानीको महुान, टोल सरसफाइ गरी यो पर्व मनाउने गर्दछन् । सरकारले सिथि नखःको सन्दर्भमा राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा गरिसकेको छ ।

सन् १८९१ मा वीरशमशेरले पाइप लाइनबाट पानी अपूर्ति गर्ने वीरधारा ल्याउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुङ्गेधारा, इनार, कुवा, खोलाबाट हुँदै आएको बताइन्छ । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिन ढलको व्यवस्था, यसको दायाँबायाँ खाल्डो बनाएर जमिनमा पानी जम्मा गर्ने र नजिकै इनार खनेर पानी सुरक्षित गरिराख्ने प्रविधि पनि उपत्यकावासीले प्राचीनकालदेखि नै प्रयोगमा ल्याइरहेको र पानीको पर्याप्त आपूर्ति भइरहेको थियो । अहिले भने भवन निर्माण बढ्दै गएपछि कैयौँ परम्परागत पानीको स्रोत र मुहान पुरिने तथा इनार र ढुङ्गेधारा लोप हुन थालेपछि पानीको अभाव हुन थालेको संंस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित