पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह


९ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए।

सरकारले आइतबार रातिदेखि लागू हुने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनी बताउँछन् ।

‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके अकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ,’ नेता महर भन्छन् । लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिन सक्नुपर्ने उनको धारणा छ ।

सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्रत्येक कुराको ढुवानी बढ्ने र यसले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य अकासिने महरले बताए ।

अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् । ‘जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दुःखमा साथ दिनुपर्छ । र, आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ,’ नेता महरले भने ।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटकपटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनी बताउँछन् । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ ।

अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।

बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ । 

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित