डाक्नेश्वरीमा एमाले विजयी « Khabarhub

डाक्नेश्वरीमा एमाले विजयी


८ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । 

नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए।

उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याए । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख थिए । वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भए । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन्  ।  योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएका छन् । उनलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइरहेका छन् । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित