गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ? « Khabarhub

गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ?


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उदयपुर आसपासका बस्तीमा स्थानीय तह निर्वाचन प्रचारप्रसारमा गीत र नारा घन्किए पनि उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा भने गिट्टी कुटेको कर्कश आवाज मात्रै आउँछ ।

 गिट्टी कुट्ने मजदुरलाई न निर्वाचनको चासो छ न त आज मजदुर दिवस (मे दिवस) भन्ने नै ख्याल छ । उनीहरूको एकोहोरो ध्यान छ बेलुका परिवारको पेट कसरी पाल्ने ?

Avatar

 

‘दिनभर गिट्टी नकुटी खान पाइन्न कसरी निर्वाचन बारे बुझ्न हिँड्नु ? त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका–१२ का बोटकी श्रीमती बिन्दा पनि निर्वाचन बारे केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘के को निर्वाचन हो र ?’

बोट दम्पती मात्रै होइनन् त्रियुगा नदीको त्रिवेणी घाट मजदुरी गर्ने धेरैलाई के को निर्वाचन भइरहेको छ भन्ने थाहा छैन । नदी किनारमै भेटिएकी मन्जुर चौधरीले भनिन्, ‘एक ट्रयाक्टर गिट्टी बेच्दा एक हजार ज्याला पाइन्छ नेताको पछि लागेर के पाइन्छ र रु बेलुका भोकै सुत्नुपर्छ ।’ उनले खेतीपाती गर्न जग्गा नभएको र सडक नबढारे, गिट्टी नकुटे बिहान बेलुकी चुलो नबल्ने बताइन् । 

Avatar

अर्का मजदुर रामकुमारी चौधरीका दम्पतीले पनि अहिलेसम्म कसैले भोट नमागेको बताए । त्रियुगा नगरपालिका–१३ मा घर ढलानसम्बन्धी काम गरिरहेकी रामकुमारीले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै हुन्छु के को निर्वाचननै थाहा छैन ।’ 

निर्वाचनले कहिल्यै नछुने उनीहरू मात्रै होइनन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरू धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा गिट्टी कुट्नेहरूलाई स्थानीय तह निर्वाचन भनेको के हो भन्ने समेत थाहा छैन । 

कम्युनिष्ट पार्टीहरूले हरेक भाषणमा भन्न नछुटाउने शब्द हो ‘सर्वहारा वर्ग’। अहिले यही  सर्वहारा वर्गलाई भने न त निर्वाचनले छोएको छ न त कम्युनिष्ट पार्टीका उम्मेदवार नै उनीहरूसम्म पुगेका छन् । ‘अब बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट दिनु पर्ला,’ त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटेले भने, ‘सबैतिरबाट हारेकालाई सर्वहारा भन्छन् । हाम्रो जग्गा छैन, उम्मेदवार आउँदा मिठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् त हाम्रो गाउँमा ?’

बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्रै बस्तीमा उम्मेदवारहरू आउने गरेको बताइन् । ‘निर्वाचनको अघिल्लो दिन बस्तीमा भोज चल्छ,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन् त्यसैलाई भोट हालिन्छ ।’ 

मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरू प्रचारप्रसारमा उत्रिएका छन् । उदयपुरमा आठ  पालिका छन् । 

अघिल्लो स्थानीय तह निर्वाचनमा आठ पालिकामध्ये एमालेले ६ पालिकामा जित हासिल गरेको थियो । बाँकीमा कांग्रेस एक, माओवादीले एक पालिका जितेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित