सन् १९६० को दशकदेखि नेपालमा चलिआएका विभिन्न चित्रकलाहरू प्रदर्शनी गरिंदै  « Khabarhub

सन् १९६० को दशकदेखि नेपालमा चलिआएका विभिन्न चित्रकलाहरू प्रदर्शनी गरिंदै 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विकल्प आर्ट  सेन्टरले आफ्नो सहकार्यात्मक कार्यक्रम (रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स) को घोषणा गरेको छ। वैशाख १४ देखि जेठ १० गते सम्म काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानमा यो कला प्रर्दशनी आयोजना हुने भएको छ। सरोज महतोको संयोजकत्वमा विकल्प आर्ट सेन्टरले सो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको वैशाख १४ गते विकल्प आर्ट सेन्टरमा साँझ ५ बजे पश्चात ग्रान्ड ओपनिङ हुँदै छ। साथै अन्य तीन ठाउँमा पनि उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। 

इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक ४५ जना कलाकारहरूको सिर्जनात्मक कामलाई प्रस्तुत गरिने यस प्रदर्शनीमा पश्चिमा र पूर्वीय कलात्मक संस्कृति स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयहरूलाई मुख्य रुपमा राखिएको छ। विगत र संस्कृतिको भूमिका आधुनिक कला संस्कृतिमा कस्तो हुन्छ भन्ने आधार मानिएको यस प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कला, कृति र स्थानीय संस्कृतिसँग यसको सम्बन्ध र पहिचानका मुद्दाहरू लगायतका विषय समेटिएको बताइएको छ। 

प्रर्दशनमा दिग्गज कलाकारको चित्रकला र स्केचलाई प्रर्दशन गरिनेछ। सँगै न्यु मिडियाको माध्यमबाट प्रस्तुत हुने ग्राफट्टी, पर्फमेन्स आर्ट, पप आर्ट लगायतका अन्य किसिमका कलात्मक सिर्जना पनि प्रर्दशन गरिने छ। प्रदर्शनीमा राखिएका सबै सिर्जनाहरु १९६० को दशक पश्चात नेपालमा विस्तार भएको कला क्षेत्र र यसमा प्रभाव पारेका विभिन्न माध्यमहरूमा केन्द्रित हुनेछ।  प्रर्दशनीको क्रममा कला संस्कृति बहस कार्यशाला र प्रस्तुतिहरू पनि राखिएका छन्। 

यस कार्यक्रम आयोजना गरेर सामाजिक राजनीतिक परिवेश, जीवन शैली, मूल्य मान्यतादेखि प्रभाव पार्ने तत्त्वहरूको सूक्ष्म अध्ययन र अवलोकन गर्ने उद्देश्य रहेको छ। 

कार्यक्रमको उद्घाटन वैशाख १४ गते विकल्प आर्ट सेन्टर पुल्चोकमा नेपालका लागि स्वजरल्यान्डकी राजदूत एलिजावेथ भोन चेपेल्लरले गर्ने छिन्। यस्तै, वैशाख १५ गते ग्यालरी अफ क्रियटिभ ठमेलमा हुनेछ। वैशाख १६ गते  हुने उद्घाटन नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले पार्क ग्यालरी पुल्चोकमा गर्ने छन्। कार्यक्रमको अन्तिम उद्घाटन वैशाख १७ गते विद्रोह आर्ट ल्याब ठमेलमा हुने बताइएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित