सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण « Khabarhub

सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सव समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि भएको प्रष्ट पारे ।

गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।

उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, “उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौँ । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।”

गृहमन्त्री खाँणले तनहुँमा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पुर्‍याएको चर्चा गर्दै भने, “भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त गर्ने थिएन ।”

कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएकै मितिमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुलुक निर्वाचनको तयारीमा जुटिसकेको बताए । हरेक नेपालीलाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले हरेक वडामा कृषि उपज बजारीकरणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, गोरखाका पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले निजी क्षेत्रको प्रवर्द्धनमा सरकार लाग्नुपर्ने बताए ।

सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले महोत्सव सफल भएको बताए । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको र महोत्सवको लक्ष्य पूरा भएको उनले बताए।

महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइएको थियो । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलबिहारको प्रचुर सम्भावना भए पनि जलबिहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिएको र यसले आकर्षण थपेको महोत्सवका प्रवक्ता इमकुमार मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित