एमसीसी अनुमोदनको बिबादसंगै सत्तारुढ गठबन्धन टुट्दै « Khabarhub

एमसीसी अनुमोदनको बिबादसंगै सत्तारुढ गठबन्धन टुट्दै


१२ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संग भएको सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा बढेको बिबादसंगै सत्तारुढ गठबन्धन भंग हुने अवस्थामा पुगेको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता साझेदार दलहरु तयार नभएपछि नेपाली कांग्रेस र एमालेबीच नयाँ राजनीतिक ध्रुवीकरण भएसँगै टुट्ने अवस्थामा पुगेको हो।

प्रधानमन्त्री निकट स्रोतले गठबन्धन अब औपचारिक रुपमा मात्र भंग हुन बाँकी रहेको पुष्टि गर्दै सम्भवत आजैराति एमालेसँग नयाँ सम्झौता हुनसक्ने जनायो। प्रधानमन्त्री निकट स्रोतले सरकारी प्रस्तावकै विपक्षमा लागेकाले अब एमालेसँग नयाँ राजनीतिक सहमति भएपनि नभएपनि सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस संगै जान नसक्ने बतायो। स्रोतले थप्यो– प्रधानमन्त्री ज्यू अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियता गाँसिएकाले एमसीसी पारित गराउँन प्रतिबद्ध हुनुहुन्छ तर सत्तारुढ दल माओवादी र समाजवादीकै नेता असफल बनाउँन सक्रिय रहेकाले उहाँहरूसँगको सहकार्य आज/भोलीनै औपचारिक रुपमा टुटाउन लाग्नुभएको छ।

कांग्रेस महामन्त्री गगन थापाले पनि गठबन्धन भत्किने अवस्थामा पुगेको पुष्टि गर्दै यथास्थितमा गठबन्धन अघि बढ्ने अवस्था नरहेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि हिँजो गृहजिल्ला तनहुँ पुगेर एमसीसी अनुमोदन गर्न गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताएका थिए।

स्रोतका अनुसार सत्तारुढ दलहरूले एमसीसीको पक्षमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री देउवाले गठबन्धन भङ्ग गर्दै एमालेसंग नयाँ राजनीतिक सहमति गर्ने अन्तिम ड्राफ्ट तयार भइसकेको छ। आजै हुने बैठकबाट लिखित सहमति गर्दै केन्द्रदेखि प्रदेशसम्म कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनेछ। एमालेलेलाई चारवटा प्रदेश दिएर भएपनि लिखित सहमति गर्ने प्रधानमन्त्रीको तयारी रहेको स्रोतले बतायो।

एमसीसी संसद्‌मा पेस हुँदा नै गठबन्धनका दलहरूको सहयोग नपाएपछि प्रधानमन्त्री देउवाले एमालेसँगको संवाद अगाडि बढाएका थिए। नेपाली कांग्रेसका नेताहरूले समेत प्रधानमन्त्री देउवालाई गठबन्धन टुटे पनि एमसीसी अघि बढाउन सुझाब दिँदै आएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित