ताप्लेजुङका २१ विद्यालयमा पक्की भवन बन्ने « Khabarhub

ताप्लेजुङका २१ विद्यालयमा पक्की भवन बन्ने


५ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङलिङ–हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त सङ्ख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आइसिटी ल्याब व्यवस्थापन कार्य गर्नेगरी देशभरका विद्यालयलाई छनोट गरेको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको हो ।

जिल्लाका १२ विद्यालयको चारकोठे र नौवटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । जसमा मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चारकोठे पक्की भवन बन्ने भएको छ । यस्तै मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

त्यस्तै फुङ्लिङ नगरपालिकाको युवा वर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारमूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चारकोठे पक्की भवन बन्नेछ । पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

यसैगरी फुङ्लिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङ्लिङ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन बन्ने भएको छ । त्यस्तै सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्वरकमा त्रिभुवन आधारभूत विद्यालयमा दुईकोठे भवन बन्ने भएको छ । सिरिजङ्घाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुईकोठे भवन बन्ने भएको छ ।

भवन अभाव र कतै जीर्ण भवनमा बाध्य भएर पठनपाठन सञ्चालन गर्दै आएको अवस्थामा नयाँ पक्की भवन निर्माण गर्नेगरी योजना छनोट भएपछि सम्बन्धित विद्यालयले खुसी व्यक्त गरेका छन् । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुस्थित इन्द्रावती आधारभूत विद्यालयकी प्रधानाध्यापक अनिता इवारमले विद्यालय स्थापना कालदेखि कच्ची जीर्ण भवनमा जोखिम मोलेरै पठनपाठन सञ्चालन गर्दै आएकामा सरकारले चारकोठे भवनका लागि छनोट गरेपछि ठूलो राहत मिलेको बताए । ‘आइसिटी ल्याब’ व्यवस्थापनका लागि पनि जिल्लाका १८ विद्यालय छनोट भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित