अपडेट: मुगु आगलागीमा २० घर जले, करोडौँको क्षति (भिडियो) « Khabarhub

अपडेट: मुगु आगलागीमा २० घर जले, करोडौँको क्षति (भिडियो)


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जल्दा करोडौँको धनमाल क्षति भएको छ ।

राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।

आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौँको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरुसँग सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ ।

बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबारमात्र करोडौँको मुल्यभन्दा बढीको क्षति भएको र पसलहरुको सामानसमेत जोड्दा १०० करोड आसपाससम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो । पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् ।

गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।

यसैबीच आज बिहान १० बजे जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले प्रदेश र सङ्घ सरकारलाई खरानी भएका घर पुनः र्निर्माणका लागि स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ र सङ्घसंस्थालाई राहत उपलब्ध गराउनका लागि र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित