उपलब्धि गुम्ने खतरा भयो : गगन थापा (भिडियो) « Khabarhub

उपलब्धि गुम्ने खतरा भयो : गगन थापा (भिडियो)


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सार्वजनिक संस्थाहरु बलियो हुनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सार्वजनिक संस्थाप्रति अलमल रहेको र त्यो नेताहरुमा पनि विद्यमान रहेको बताए ।

कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्‍यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।

‘सार्वजनिक संस्थाहरुबारे हामी कहिलेकाही अलमलमा परेको पाउँछौं । कहिले बाँसबारी छाला जुत्ता कारखानाको बारेमा रुन्छौं । कहिले भृकुटी कागजका बारेमा रुन्छौँ । अहिले पनि उद्योग बेचेर खायो भनिन्छ । तर आजसम्म उद्योग बेचेर खायो भनेर गाली गर्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री हुँदै गर्दा वा सरकार चलाउन पाउदै गर्दा फर्केर आएर चुरोट कारखाना खोलेको, जुत्ता कारखाना खोलेको, कागज कारखाना खोलेको कही पाउनुभएको छ ?’ थापाले प्रश्न गरे ।

उनले अघि थपे, ‘किनकि प्रधानमन्त्रीको कुर्सीमा बसेको के थाहा हुन्छ भने सरकारले जुत्ता कारखाना चलाउने होइन रहेछ, चुरोट कारखाना सरकारले चलाउने होइन रहेछ भन्ने त्यहाँ थाहा हुन्छ । १७ करोड पिअर जुत्ता नेपाल फुटवेयर इण्ट्रस्टीमा उत्पादन हुन्छ । उत्पादन क्षमता छ । यो बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएरै सञ्चालनमा आएको हो नि ।’

नेता थापाले विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा र ओज कायम राख्न र नाफामा लैजान आग्रह गरे ।

प्राधिकरणले बनाउनुपर्ने परियोजना अरुलाई दिएकोमा उनले आक्रोश पोखे । विद्युत अपत बढिरहेको भन्दै थापाले प्रसारण लाइन बनाउन सहायता आउँदा विदेशी सेना आउँछ भनेर हल्ला गरेर अवरोध गर्ने काम भएको बताए । विदेशी सहयोग नलिने भए स्वदेशी लगानीमै प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको जोड छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित