द्वन्द्व पीडितको पीडा: चाडपर्वले झनै मुटु चिरिन्छ « Khabarhub

द्वन्द्व पीडितको पीडा: चाडपर्वले झनै मुटु चिरिन्छ


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– हिन्दु नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् ।

दशैँमा परिवारका सबै सदस्य एकै ठाउँमा हुने । मिठो मसिनो खाने र रमाउने परम्परा हो । काम विशेषले परिवारबाट टाढिएका आफन्त घर आउने उत्साहले धेरैको परिवारमा खुसी छाउँछ । तर, बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ, उति उति मनमा दुःख र पीडा बढ्दै गएको छ ।

तत्कालीन द्वन्द्वको समयमा बेपत्ता श्रीमान् सूर्यप्रसाद शर्माको कुनै खबर नहुँदा उनले विगत दुई दशयता हाँसीखुसीले दशैँ मनाउन सकेकी छैनन् । बीस वर्षअघि १ माघ २०५८ मा राज्य पक्षले सोधपुछको लागि भन्दै शर्मालाई लगेको थियो । त्यसयता परिवार उनको अवस्थाबारे परिवार बेखबर छन् ।

‘जतिजति चाडपर्व आउँछ उति–उति बेचैन लाग्छ’, जशोदा शर्माले भनिने, ‘सबैका परिवारका सदस्य घर आउँदा, मेरो परिवारको बखरसमेत आउँदैन ।’ चाडपर्वले झनै मुटु चिरिने उनको भनाइ छ । बेपत्ताको खबर सार्वजनिक नहुँदा परिवारका सदस्य झझल्कोमा बाँचेको शर्माले बताइन् । ‘न फोटोमा टीका लगाउन सक्छु, न अवस्थाबारे थाहा छ’, उनले भनिने, ‘सरकार हामीलाई दशैँ कहिले आउँछ ।’

श्रीमानको अवस्था थाहा पाउन गुहार माग्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमासमेत पुगिन् । मानव अधिकार समितिले नेपाल सरकारको नाममा शर्माको परिवारलाई बेपत्ताको अवस्थाबारे जानकारी दिनु, दोषीलाई कारबही गरी सजाय दिनु, सूर्यप्रसाद शर्मा जीवितै भएमा तत्काल रिहा गर्नु, उनको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनु भने पनि सरकारले त्यसको कार्यान्वयन गरेको छैन ।

‘दशैँमा सबै खुसी हुन्छन्, मेरो परिवारमा पीडामा हुन्छौँ’, उनले भनिन्, ‘सरकारले सत्यतथ्य सार्वजनिक नगर्दा हामी अन्योलमा पर्‍यौँ।’

बागलुङको जैमिनी नगरपालिका राङखानीका बिमल केसीलाई पनि दशैँको खासै उत्साह छैन । द्वन्द्वकालमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नहुँदा उनलाई चाडपर्वले झनै पीडा थप्ने गर्छ । बेपत्ता गणेश केसीका दामलको गाउँ घरमा चहल पहल हुँदा छोरा सम्झिएर पटक पटक भक्काने छुट्ने केसीले बताए ।

द्वन्द्व पीडितले मन बुझाएर चाडपर्व मनाउन सरकार जवाफदेही बन्नुपर्ने अधिवक्ता राम शर्माको भनाइ छ । द्वन्द्व पीडितले न्याय, परिपूरण, बेपत्ताको अवस्था सार्वजनिक र विस्थापितले सम्मानपूर्व बाच्ने अधिकारीको सुरक्षित गर्नुपर्नेमा उनको जोड छ ।

बागलुङका द्वन्द्व पीडितले यस वर्षको दशैँमा दण्डहिनतालाई न्यायको लागि पीडितलाई सम्मानपूर्वक, वातावरणको लागि सरकारलाई मानव अधिकार, विधिको शासन, र जवाफदेहिताको लागि जिम्मेवारी प्रदान होस भन्ने शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित