बिङ्गो बिनाको इलामको खल्लो दशैँ « Khabarhub

बिङ्गो बिनाको इलामको खल्लो दशैँ


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- दशैँको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दशैँ नै खल्लो लागेको छ ।

करिब १७ वर्षदेखि बिङ्गो खेलाउन थालेका उनलाई बिङ्गो खेलाउने लत नै बसिसकेको थियो । अहिले कोरोना माहामारीका कारण अघिल्लो वर्षबाट बिङ्गो खेलाइएको छैन । पोहोरभन्दा यसपटक दशैँमा चहलपहल बढेको छ, तर बिङ्गो नहुँदा इलाम बजारमा भने दशैँ खल्लो महशुस भएको छ । ‘बिङ्गो बिनाको दशैँ त दशैँ नै होइन जस्तो लाग्छ’, सुदीपले भने, ‘यो पटक बिङ्गो नखेलाउने ? भनेर दिनमा सयवटा कल आउँछन होला, बाटोमा भेट्नेजतिले पनि सोध्न त्यही हो ।’

बिभिन्न उखान टुक्का र शैली मिलाएर बिङ्गो खेलाउने सन्तोष भक्तराज पनि पर्छन् । उनले खेलाएको बिङ्गो मन नपराउने कमै होलान । भक्तराजलाई पनि बिङ्गो खेलाउन नपाउँदा दशैँको उमंग महशुस भएको छैन । ‘इलाममा बिङ्गो बिनाको दशैँ त खल्लो नै लाग्छ, तर रोग भन्दा ठूलो रमाइलो होइन’, भक्तराजले भने, ‘अहिले पनि कोरोनाको जोखिम छ, परिस्थितिले बिङ्गो खेलाउनु पनि उचित छैन भनेर चित्त बुझाउँछु ।’

इलाम बजारमा ६० वर्षदेखि बिङ्गो खेलाउने गरिन्थ्यो । दशैँको घटस्थापदेखि सुरु हुने बिङ्गो तिहारको टिकासम्म चल्थ्यो । साँझमा खेलाइने खेलमा दैनिक सयौं सहभागी हुन्थ्ये । पेसा व्यवसाय वा अध्ययनको लागि बहिरिएकाहरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुन्थ्यो । वर्षौदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिन्थे । साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्नेवित्तिकै बजारमा चाहलपहल सुरु हुन्थ्यो ।

इलाममा बिङ्गो खेल्नकै लागि गाडी चढेर टाढा-टाढाबाट आउँने पनि निकै हुन्थ्ये । बिङ्गोमा उठेको रकम सामाजिक कार्यमा प्रयोग हुन्थ्यो । प्रहरीको भ्यूटावर थालनी होस् या पत्रकार महासंघको भवन निर्माणमा हाेस्, यी संरचनाको जग बिङ्खोबाटै संकल भएको रकमले हालेको हो । बिङ्खोबाटै उठेको रकमले इलाम बजारमा भएको टुँडिखेलको मर्मत, ब्लड बैंकको भवन निर्माण, माइभ्याली गोल्डकपको आयोजनामा लगानी हुन्थ्यो ।

बिङ्गो खेलाउनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो । बिङ्गोबाट उठेको रकम कहाँ खर्च हुन्छ भन्ने आधारमा प्रशासन कार्यालयले अनुमति वर्षेनी अलग-अलग संस्थालाई अनुमति दिन्थ्यो । कतिपटक एक भन्दा धेरै संस्थाहरूको संयुक्त आयोजनामा पनि बिङ्गो चल्थ्यो । स्थानीय तह कार्यान्वयनमा आएपछि बिङ्गो खेलाउने अनुमति इलाम गरपालिकाबाट लिनुपर्छ ।

यो वर्षपनि खेलको लागि अनुमति माग्दै थुप्रै सस्था नगरपालिका पुगे तर, जिल्ला प्रशासनको आदेश भएकाले बिङ्गो खेलाउने अनुमति नदिइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘मनोरञ्जका गतिविधि पूर्ण रुपमा नखुलेकाले बिङ्गो खेलाउने अनुमति दिइएन’, नगरप्रमुख बस्नेतले भने ।

२०१८ सालमा पूर्वमन्त्री प्रकाशचन्द्र मुखियाले इलाम सदरमुकाममा भित्र्याएको बिङ्गोको इतिहास छ । अन्य ठाँउमा जुवाको रुपमा बिङ्गो खेलिने गरेको भए पनि जिल्लामा संस्कृतिको रुपमा खेलिने गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित