शहीद गौतमकी ३ छोरीलाई विद्यालय भर्ना गराउन आफैं पुगिन् मन्त्री मगर « Khabarhub

शहीद गौतमकी ३ छोरीलाई विद्यालय भर्ना गराउन आफैं पुगिन् मन्त्री मगर


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले शहीद गोविन्द गीतमककी तीन छोरीलाई विद्यालयमा भर्ना गराएकी छिन् । बालुवाटारस्थित मातृभूमि शिक्षा सदनमा भर्ना गराउँन मन्त्री मगर आफै उपस्थित भएकी थिइन् ।

यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमकी तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा मन्त्री मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट निस्कियो, ‘भइहाल्छ नि हजुर, बालबालिका मेरा लागि प्राण हुन् ।’

कुराकानी चल्दै गर्दा भावना (भगवती) ले गौतमकी पाँच वर्षीय कान्छी छोरी आषिकालाई काख लिन थालेपछि मन्त्री मगरले ‘म फोटो खिचिदिन्छु’ भनेर मोबाइल निकालेर फोटो खिचिन् । विद्यालयमा भावनाको मुख्य जिम्मेवारी बालबालिकाको रेखदेख गर्नु हो ।

नेपाल–भारत सीमामा भएको भिडन्तमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३४ वर्षीय शहीद गौतमका तीन छोरीलाई गौतमकी पत्नी लक्ष्मीको इच्छा र मन्त्री मगरको पहलमा सो शिक्षा सदनमा आइतबार भर्ना गरिएको हो ।

जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको हो । आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको छ ।

तीन छोरीलाई उक्त विद्यालयमा भर्नापछि मन्त्री मगरले भनिन्, ‘राज्यसत्ताको परिवर्तन र देशको मातृभूमिको रक्षाका लागि लड्दा ज्यान आहुति दिएर शहीद भएकालाई हामीले सम्मान गर्नुपर्छ । गौतमको आहुति आफैँमा राष्ट्रभक्तिका लागि एक प्रेरणा हो । उहाँका सन्तानको हेरचाहको जिम्मेवारी हाम्रो पनि हो ।’

उनले तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने र गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन् ।

विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए ।

उक्त शिक्षा सदनमा हाल २५० विद्यार्थी छन् । सरकारले गत वर्षबाट शुरु गरेको विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरुले सामुदायिक विद्यालयमा विद्यालयबाहिरका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेका थिए ।

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री मगरले र उनको पार्टीले गौतमका छोरीहरुलाई उच्चशिक्षासम्मको शिक्षा र श्रीमती गौतमलाई रोजगारको जिम्मा लिने घोषणा गरेको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरी परिवारलाई रु १० लाख उपलब्ध गराइसकेको छ ।

श्रीमती लक्ष्मीले कुरा गर्दै गौतमको हत्या हुँदा कान्छी छोरी अढाई वर्षकी रहेको स्मरण गर्दै छोरीहरुलाई काठमाडौँ ल्याएर पढाउन पाएकामा सन्तोष व्यक्त गरिन् ।

उनले आफूलाई सरकारले रोजगारी पनि दिएमा काठमाडौँमा गुजारा गर्न सक्ने अपेक्षा जनाइन् । उनले सरकारबाट प्राप्त शहीद घोषणाबापतको रकममा थपेर आफूले जिल्लामा एक कट्ठा जग्गा किने पनि अन्य सम्पत्ति खासै नभएको जनाइन् ।

कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली प्रहारबाट गौतमको निधन भएपछि तीन छोरी जिल्लाकै सामुदायिक र निजी विद्यालयमा गरी अध्ययन गर्दै आएका थिए ।

गौतमको हत्यापछि तत्कालीन नेकपा (एमाले)ले आयोजना गरेको मेची महाकाली अभियानको समापनका अवसरमा कञ्चनपुरमा आयोजित जनसभामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक परिवारलाई रु पाँच लाख दिने र छोराछोरी पढाइदिने वचन दिएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ७ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित