गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क « Khabarhub

गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क


२१ श्रावण २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरुप नगरपालिका जिल्लाको एक मात्र तथा प्रदेश नं २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कञ्चनरुपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढङ्गले काम अगाडि बढाइएको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरुपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गरे । यसका लागि एउटा एम्बुलेन्स नियमित रुपमा बरमझियामा रहने पनि उनले बताए ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यु, एक क्यारेट अण्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पिठो, नौ किसिमका गेडागुडीको प्याकेट, ४ प्याकेट स्यानिटरी प्याड, ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेष्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सह–संयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महत्वबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित