सिप्रदीले नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुला गर्ने « Khabarhub

सिप्रदीले नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुला गर्ने


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको छ।

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदूषण रहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहक वर्गलाई लक्षित गरिएको छ।

यस विद्युतीय गाडीको बनावट मनमोहक छ भने यसलाई छरितो ढङ्गले द्रुत गतिमा हाँक्न सकिने, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न मिल्ने कम्पनीले जनाएको छ।

सन् २०२० को जनवरीबाट भारतमा बिक्री वितरण सुरु भएको यस गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ। आजको मितिसम्म यसले भारतीय विद्युतीय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।

“पछिल्लो समय नेपाल सरकारले तर्जुमा गरेको नीति नियमले नेपाल विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न प्रतिबद्ध देखिन्छ। टाटा मोटसर् यस्तो प्रतिविद्धतालाई मूर्त रूप दिन नेपाललाई बल प्रदान गर्न पूर्ण तत्पर छ।” कम्पनद्वारा जारी विज्ञप्तिमा भनिएको छ। “हामीले भारतको यातायात क्षेत्रको विद्युत् करण गरी यसको दिगो विकास गर्ने दिशामा सृजनशील भूमिका खेलेका छौँ।” लामो समयदेखि नेपाललाई आफ्नो एक “स्ट्रेटिजिक” बजारको रूपमा हेरेको कम्पनीले यहाँ पनि त्यस्तै भूमिका खेल्ने उद्देश्य राखेको छ।

टाटा मोटर्स्ले नेपालमा विद्युतीय सवारीसाधनको प्रभावकारी सञ्चालनका लागि एक पूर्ण इकोसिस्टमको विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्ग लगायतका सुविधाहरू प्रदान गर्नेछ।

उक्त कार्यक्रममा बोल्दै टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डी भन्छन्, “पछिल्लो समय नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने हेतुले विभिन्न नियम कानुनको तर्जुमा गरेको पाइन्छ। नेपालको यो उद्देश्यको सफलता प्राप्तिका लागि आफ्नो नयाँ नेक्सन इभी गाडी सहयोगी सिद्ध हुन सक्छ।

यति मात्र होइन यस गाडीले कम खर्चमा नेपाललाई हरित प्रविधिको अङ्गीकार गर्न पनि मद्दत गर्नेछ। वातावरण मैत्री यस गाडीमा यात्रुको सुविधाजनक यात्रा र सुरक्षालाई विशेष ध्यान दिई तयार पारिएको हो। त्यसैले नेपाली ग्राहक वर्गले यस गाडीलाई अत्यन्त माया गरी पूर्ण विश्वास गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।

त्यसैसरि सोही कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “वातावरण मैत्री, अत्याधुनिक सुविधा सम्पन्न र आरामदायी नेक्सन इलेक्ट्रिक एसयूभी गाडी नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यो गाडीले नेपालमा विद्युतीय सवारी साधनको बजारको विकास र विस्तारमा अग्रणी भूमिका खेल्नेछ भन्ने विश्वास हामीले लिएका छौँ। साथै प्रतिस्पर्धी मूल्यमा सिप्रदीको मुलुकभर रहेका बिक्री केन्द्रहरूमा टाटाको नयाँ नेक्सन इभी घरायसी उपकरणका साथ उपलब्ध हुनेछ।”

नयाँ नेक्सन इभीका प्रमुख विशेषता यस प्रकार छन् :

नवीनतम बनावट

“इम्प्याक्ट डिजाइन २.०” अवधारणा अन्तर्गत तयार पारिएको यसको बनावट अरू भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ। गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि विशेष व्यवस्था पनि रहेको छ। यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ। सात इन्चको हर्मन इन्फोटेंन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ।

उत्कृष्ट कार्यक्षमता

विशिष्ट जिप्पी प्रविधिले सम्पन्न नेक्सनको कार्यक्षमता उत्कृष्ट रहेको पाइन्छ। ३०.२ प्रति घण्टाको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ। यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ। ड्राइभ र स्पोर्ट्स गरी दुई “ड्राइभ मोड“ भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरूमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ।

दुरी र चार्जिङ

एक पटक चार्ज गरेपछि यस गाडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको दुरी तय गर्न सक्छ। यदि डिसी चार्जर प्रयोग गरियो भने नेक्सन इभी को ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ।

विशेष सुरक्षा

नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ्ग अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ। यसको परीक्षण दश लाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतीपूर्ण बाटोहरूमा सफलतापूर्वक भइसकेको छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित