नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निर्माण प्रक्रियालाई गति दिँदै ओपो « Khabarhub

नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निर्माण प्रक्रियालाई गति दिँदै ओपो


२८ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले रियल-टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ।

आफ्नै इन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ। ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ। ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ।

डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ। तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भित्र्याएको छ। पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन्।

स्मार्टफोनको माध्यमबाट स्क्यानिङ तथा डाटा संकलन गर्दै ओपो स्टाफ्स

निरन्तर-विकासित एआई ईञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले बृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ। यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेसगर्ने क्षमता राख्छ। यो पछिल्लो संस्करणसँग तुलनागर्दा ४ गुणा तिब्र गति हो।

यसरी स्क्यान गरिएका ईन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम् थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ। ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय बस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन्।

साइबरियलले बित्र गतिमा तत्सम थ्रीडी रिकन्स्ट्रक्शन गर्न सधाउँछ

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेशन विथ अब्जर्भेशन कन्स्ट्रेन्ट्स) भिज्यूअल पोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ। यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टर्‍याक्शनको एक समुहले गरेको हो। यसको शैक्षिक प्रयोग पनि ब्यापकरुपमा गरिन थालिएको छ।

सन् २०२०को यूरोपियन कन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर २०२०)मा उक्त समूहले लंग-टर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दूई एवार्ड हात पारेको थियो।

प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले ६डीओएफ एस्टिमेशनको प्रयोग गरेको छ। यसले गर्दा प्रयोगकर्तालाई कुनैपनि एंगल वा पोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ। प्रयोगकर्ताले लक्षित बस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स(आई भ्यूका लागि निहुरिन तथा तलबाट माथिको दृष्यका लागि थचक्क बस्न पनि सक्छन्।

आकासबाट झर्दै गरेको ४ मिटर अग्लो फाईन्ड एक्सथ्री प्रो

समग्रमा भन्नुपर्दा परिस्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनातीमा तिब्रता ल्याउन सघाएको छ। यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्ता मैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित