विवाद देखिएपछि अक्सिजन प्लान्ट स्थापनाको बोलपत्र रद्द « Khabarhub

विवाद देखिएपछि अक्सिजन प्लान्ट स्थापनाको बोलपत्र रद्द


२० जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र रद्द गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई हप्ता अगाडि रु चार करोडमा प्लान्ट स्थापनाका लागि सो बोलपत्र आह्वान गरेको थियो । बोलपत्र मूल्याङ्कन प्रक्रियामा विवाद देखिएपछि रद्द गरिएको जनाइएको छ ।

अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा ताने पछि ठेक्का रद्द गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्याङ्कन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको जानकारी दिए । “बोलपत्र आह्वान गरिए अनुसार मूल्याङ्कन प्रक्रियामा लगेर काम हुँदै थियो । कसलाई दिने नदिने भन्ने केही थिएन”, उनले भने, “मूल्याङ्कन प्रक्रिया मै विवाद झिकेपछि ठेक्का नै रद्द गरिएको छ ।”

मूल्याङ्कन समितिले प्लान्ट स्थापनाका लागि बोलपत्र पेश गरेका तीन सप्लायर्सका आवश्यक कागजात नपुगेको प्रतिवेदन बनाएको छ । मूल्याङ्कन समितिको प्रतिवेदनमा तीनै फर्मको सार्वजनिक सूचना अनुसार व्यवसाय दर्ता प्रमाण पत्र, स्वघोषणा पत्र, टेक्निकल कम्प्लायन्स सिट अपूर्ण, उत्पादक कम्पनीको आधिकारिक पत्र, अनुभव पत्र, ३० दिनभित्र कार्य सम्पन्न प्रतिवद्धता पत्र नभएको उल्लेख गरिएको छ ।

बोलपत्रको मूल्याङ्कन प्रक्रियामा हुँदा सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्शले रकम सार्वजनिक गरी ठेक्कालाई विवाद पारेको अस्पतालका कर्मचारीको भनाइ छ ।

प्लान्ट स्थापनाका लागि बिआर इन्टरनेशनल, स्नेहा सोप एण्ड केमिकल र टेक्निकल एसोसिएटस सर्भिले बोलपत्र पेश गरेका थिए । सबैभन्दा कम स्नेहाले रु एक करोड ७९ लाख, बीआरले रु तीन करोड २६ लाख र टेक्निकलले रु तीन करोड ६३ लाख रकम कबोल गरेको बताइएको छ । सबैभन्दा कम रकम कबोल गर्ने स्नेहाको बोलपत्रमा ६ कागजात अपुग देखिएका छन् ।

अस्पतालको प्लान्ट खरिदको मूल्याङ्कन प्रक्रिया विवादमा परेका बेला युएनओपिएसले अस्पतालमा निःशुल्क रुपमा प्लान्ट बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा प्लान्ट बन्ने भएपछि ठेक्का रद्द गर्न अस्पताललाई सहज हुन पुगेको हो ।

संघ सरकारले अस्पतालाई उपलबब्ध गराएको प्लान्ट स्थापना आगामी असार २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने फर्मले ३० दिनभन्दा बढीको समय माग गरी प्रतिवद्धता पेश गरेका थिए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले प्लान्ट खरिदमा भ्रम छर्केर अस्पताललाई विवादमा पार्न खोजिएको बताए । – रासस

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित