आज १४औँ गणतन्त्र दिवस, समाजवादोन्मुख अर्थतन्त्रको स्थापनामा राष्ट्रपतिको जोड « Khabarhub

आज १४औँ गणतन्त्र दिवस, समाजवादोन्मुख अर्थतन्त्रको स्थापनामा राष्ट्रपतिको जोड


१५ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गणतन्त्र घोषणा भएको १३ वर्ष पूरा भई चौध वर्ष लागेको छ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२३८ वर्षको शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आए पनि ०७६ सालदेखि  गणतन्त्र दिवसको बिदा कटौती गरेको छ ।

देशमा गणतन्त्र आएको डेढ दशक हुन लाग्दा पनि अपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ । बरू गणतन्त्रको प्रतीक मानिने राष्ट्रपति संस्था नै निष्पक्षता देखाउन नसकेको भन्दै यो बेला चौतर्फी विवादको केन्द्रमा परेको छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेको स्मरण गराएकी छन् ।

भण्डारीले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण फेरि तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाकाको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् ।

‘‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो,’’ सन्देशमा भनिएको छ, ‘‘संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य¸ सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।’’

उनले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ७ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित