स्यानीटरी प्याड निशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयन हुन नसकेको गुनासो  « Khabarhub

स्यानीटरी प्याड निशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयन हुन नसकेको गुनासो 


१२ जेष्ठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व वातावरणमन्त्री गणेश शाहले देशभरका विद्यालयमा सरकारले निशुल्क स्यानीटरी प्याड दिने घोषणा गरेपनि कार्यन्वनय हुन नसकेको बताएका छन् ।

बुधवार गैर सरकारी संस्था गुथीले विश्व महिनावारी स्वच्छता दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।

‘सरकारले देशभरका विद्यालयमा निशुल्क प्याड दिने घोषणा गरेको दुई वर्ष हुनै लागेको छ’ मन्त्री शाहले भने, ‘अहिलेसम्बजेट उपलब्ध नभएकोले त्यसको कार्यान्वयनमा ढिलाई हुँदा विद्यालयमा अध्ययनरत विद्यार्थिहरु महिनावारी भएको बेलामा स्कूल नआउने गरेको तर्फ इंगित गर्दै सरकारले समयमै यस कुरालाई मनन गरि यसको नियन्त्रण गर्नुपर्छ ।’

त्यस्तै उनले महिलालाई जन्मदाताका जननीको उपनाम दिदैं महिलामाथि हुने हिंसा, दुव्यवहार, अपमान र तिरस्कार गर्नु अनुचित रहेको र महिनावारीलाई प्राकृतिक प्रकृयाको रुपमा लिनु पर्ने बताए ।

समयमा महिलाहरुलाई पौष्टीक आहार तथा विशेष आरामको जरुरी हुन्छ कि हुन्न भन्ने मूल विषयमा केन्द्रित रहि आज मिति २०७८ जेठ १२ गते गैर सरकारी संस्था गुथिले नेपाल महिला समाज, सयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र क्यापस, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा परामर्श कार्यक्रम अनलाईन मार्फत सम्पन्न गरियो ।

कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापन समुहका संयोजक गुणराज श्रेष्ठले महिनावारीलाई मानव जिवनको प्रतिष्ठा र मर्यादाको विषय मानेर विश्व भरी नै मे २८ लाई महिनावारीको मासिक चक्रसँग जोडेर यो दिवस मनाइँदै आईरहेको जानकारी दिए ।

नेपाल लगायत संसारका अधिकाश पिछडिएको देशहरुमा महिनावारीलाई घिन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा हेरेको पाइन्छ ।

उनले महिनावारी भनेको प्राकृतिक प्रकृया हो जुन पुरुषहरुमा पाइन्न तसर्थ महिनावारीलाई विशेष क्षमताको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिदै महिनावारीलाई मर्यादित महिनावारी घोषित गर्नु पर्ने आवश्यक्ता तर्फ इंगित गरे ।

पछिल्ला समय सरकारी तथा गैर सरकारी संस्थाहरु महिनावारीलाई मर्यादित बनाउन र यसका लागि आवाज उठाउन लागिपरेका छन् ।

‘नेपाल सरकारले विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्नुपर्ने निति बनाईसकेको र यस वर्ष देखि शिक्षा मन्त्रालयले आफ्नो नयाँ पाठ्यक्रममा कक्षा ४ देखि नै महिनावारी सम्बन्धि विभिन्न शैक्षिक सामग्री तयार गरेको छ’ उनले भने ।

अधिकांश महिलाहरुले अझैपनि महिनावारी सम्बन्धि समस्या खुलेर कसैलाई भन्न नसक्ने अवस्था छ ।

महिनावारी भनेको शारीरीक प्रकृया हो जुन हरेक महिना महिलाहरुको पाठेघरमा निर्मित अण्डा प्रयोग नभई फुटेको अवस्थामा निस्कने सामान्य रगत भएको र महिनावारी भएको बेलामा आईरन तथा भिटामीन सि युक्त खानेकुरा खानुपर्छ भन्ने जानकारी दिँदै हर्ट विटका नर्स प्रिति श्रेष्ठले भनिन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित