‘ताउ ते’चक्रवातको असर नेपालमा पनि पर्ने, सतर्कता अपनाउन अनुरोध « Khabarhub

‘ताउ ते’चक्रवातको असर नेपालमा पनि पर्ने, सतर्कता अपनाउन अनुरोध


२ जेष्ठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ ते’ अझ विकशित हुने क्रममा रहेको हुँदा यसको असर नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर भने नेपाली भूभागमा पनि पर्ने सम्भावना रहेको आकलन गरेको हो ।

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सो अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन समेत अनुरोध छ।

अरब सागरमा विकसित भइ फैलिएको ‘ताउ ते’ चक्रवातका कारण भारतमा चार जनाको मृत्यु भएको छ। आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चक्रवातको असर कर्नाटमा धेरै परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् । साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ ।

‘ताउ ते’ चक्रवातको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।

चक्रवात भनेको के हो ?

चक्रवात भनेको सामुद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तिशाली हुन्छ ।

चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । अहिलेको यो चक्रवातको नाम ‘ताउ ते’ म्यानमारले राखेको नाम हो ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित