सङ्क्रमितको घरमै मेयर « Khabarhub

सङ्क्रमितको घरमै मेयर


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गरेका छन् ।

होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्य गरी नगरप्रमुख मिश्रले हेल्थ किटसमेत वितरण गरेको नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष राजकुमार साहले बताए ।

नगरप्रमुख मिश्र, प्रवक्ता साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, विपिन झा, मुरारी कटुवालसहित सङ्क्रमितको घरमा मङ्गलबार र आज पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नाका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको छ ।

प्रवक्ता साहका अनुसार वडा नं ८ का १७ र वडा नं ९ का तीनजना होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई हेल्थ किट वितरण गरिएको छ । हेल्थ किटमा एक हजार बराबरको औषधि रहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य शाखाले सचेत भई काम गरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ ।

जिल्लामा सबैभन्दा पहिले ३० शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न सक्दो सहयोग गर्ने नगरप्रमुख मिश्रले बताए । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको नगरप्रमुख मिश्रको भनाइ छ ।

कोरोना प्रकोपको विषम परिस्थितिमा कठिन समय बिताइरहेका सङ्क्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुशी व्यक्त गरेका छन् ।

जनप्रतिनिधिले ल्याएको सहयोगभन्दा पनि उनीहरूको उपस्थितिले निकै ठूलो हौसला मिलेको अनुभव एक सङ्क्रमितले सुनाए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित