विपक्षी दलको प्रश्न : प्रधानमन्त्री संसदमा उपस्थित नहुनुको कारण के हो ? « Khabarhub

विपक्षी दलको प्रश्न : प्रधानमन्त्री संसदमा उपस्थित नहुनुको कारण के हो ?


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— गत फागुन २३ गते प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरू भए यता बुधबार सम्ममा ६ वटा बैठक भए । अधिवेशनको पहिलो दिन संसद भवन, नयाँ वानेश्वर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरू नहुँदै बाहिरिए । अर्को एउटा बैठकको दिन पनि संसद भवन पुगेका थिए । त्यस दिन पनि उनी बैठक शुरू नहुँदै बाहिरिए ।

प्रधानमन्त्री ओली पुनर्स्थापित प्रतिनिधिसभाका हालसम्मका बैठकमा सहभागी भएका छैनन् । बुधबार मुख्य विपक्षी दल नेपाली कांग्रेसका सदस्य दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित नहुनुको कारण माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बडुले केही दिनअघि प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा खतरा रहेको र भौतिक आक्रमण हुुन सक्ने बताएको तर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाबारे गृहमन्त्रालयले गरेको थप प्रबन्धबारे संसदमा जानकारी गराउन माग गरे । उनले भने, ‘प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदमा यथाशीघ्र स्पष्ट पार्नुपर्छ भन्ने माग गर्दछु ।’

बडुले प्रधानमन्त्री ओली संसद बैठकमा उपस्थित नहुनुमा सुरक्षा खतरा हो कि नैतिक खतरा हो भन्ने प्रश्न पनि उठाए । उनले भने, ‘संसद बैठक चलिरहेको छ, प्रधानमन्त्री उपस्थित नहुनु सुरक्षा खतरा नै हो ? वा नैतिक खतरा हो ?’

बडुले सुरक्षा खतरा छैन भने प्रधामन्त्रीले गैरजिम्मेवार कुरा गरेको आरोप लगाए । उनले भने, प्रधानमन्त्रीले आफ्नो देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी कुरा किन गर्नुभयो ?’

प्रधानमन्त्री ओलीले गत फागुन १७ गते पोखरामा आयोजित पार्टीको एक कार्यक्रममा आफूमाथि सुरक्षा खतरा रहेको र भौतिक आक्रमण हुन सक्ने बताएका थिए ।

कांग्रेस सांसद बडुले प्रधानमन्त्रीको त्यही अभिव्यक्तिको प्रसङ्ग जोड्दै सुरक्षा व्यवस्थाबारे जानकारी मागेका हुन् ।

प्रधानमन्त्री ओली सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट छन् । संवैधानिक अङ्गमा भएका नियुक्ति बदर गराउन सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसपछि ओलीले सभामुख सरकारको झगडिया भएको आरोप लगाउँदै आएका छन् ।

दुई दिनअघि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटेका थिए । भेटको समय पनि दुई सातामा मात्र पाएको सभामुखका एक सहयोगीले बताएका थिए ।

सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न चाहेको भन्ने समाचार सार्वजनिक भइसकेको छ । सम्भवतः प्रधानमन्त्री ओली चालु अधिवेशनमा प्रतिनिधिसभा बैठकमा सहभागी हुने छैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित