अब ७७ जिल्लाबाटै स्वास्थ्य बिमा पाइने « Khabarhub

अब ७७ जिल्लाबाटै स्वास्थ्य बिमा पाइने


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न थालेको हो ।

यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो ।

बिमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रति सदस्यका दरले ७ सय बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रति सदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बिमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी तीन सय ७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बिमा लागू गरेका परिवारका सदस्यले गराए एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् ।

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बिमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ,’ उनले भने,‘त्यसपछि नागरिकलाई बिमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछौँ ।’

अझै पनि मानिसमा स्वास्थ्य बिमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बिमाबाट बाहिर रहेका छन् । उनले बिमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइने समेत जानकारी दिए ।

अहिले ६९ जिल्लामा बिमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बिमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बिमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बिमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लम्सालले जानकारी दिए ।

बोर्डले अहिले बिमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए । उनले स्वास्थ्य बिमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बिमामा सहभागी हुनुपर्ने बताए ।

‘गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन्,’ लम्सालले भने,‘त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पुर्‍याउँछ ।’

बिमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बिमामा आकर्षण कम भएको बताए । ‘बिरामी हुँदा मानिसहरु एक लाखभन्दा पनि बढी तिर्छन्,’ उनले भने,‘तर बिमा गर्नका लागि तीन हजार पाँच सय शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’

उनले वार्ड स्तरमा एक जना दर्ता सहयोगी खटाएर बिमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने अपेक्षा लिए । सरकारले पोलिएको, गम्भीर अपाङ्गता लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरी बाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बिमाबापत गराउने पाउने छैनन् ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो । ​ – रासस

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित