पहाड चढ्यो लामखुट्टे, बढ्दैछ औलोको संक्रमण « Khabarhub

पहाड चढ्यो लामखुट्टे, बढ्दैछ औलोको संक्रमण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्ने अन्नपूर्ण पोस्टमा खबरछ।

वायुमण्डलमा तातोपन बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको विशेषज्ञ बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘औलो पहाडतिर देखा परेको छ। यो चिन्ताको विषय हो। ’

विज्ञका अनुसार बाजुरा, बैतडी, मुगु र हुम्लामा एनोफिलिज पोथी लामखुट्टे देखापरेको छ। मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकामा झुल वितरण गरी विषादी छर्किएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरुवा रोगविज्ञ डा. सुमन थापाका अनुसार दुई वर्षअघि मुगुका चारजनामा औलो देखापरेको थियो। ‘पानीघट्ट, कुलो र खेतमा फुल पारेर लामखुट्टेको संख्या बढेको छ। तर चेतना स्थानीयमा छैन। ज्वरो आएपछि पनि सामान्य भन्दै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ,’डा. थापाले भने।

आर्थिक वर्ष ०७४/०७५ मा औलोका बिरामी बढी देखिएका १० जिल्लाभित्र मुुगु, बाजुरा, बैतडी पनि छन्। मुगुमा एक सय ४३, बाजुरामा ६०, बैतडीमा ३३ र अछाममा ३२ औलोका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

दुई लाख १६ हजारभन्दा बढी जनसंख्या औलोको उच्च जोखिममा रहेको विभागको तथ्यांक छ। त्यस्तै ९ लाख २७ हजार औलोको मध्यम जोखिममा छन्। आर्थिक वर्ष ०७४/०७५ मा २ लाख ७ हजार ५ सय ८१ शंकास्पद औलोका बिरामीको रगत परीक्षण गरिएको थियो।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो सर्छ। लामखुट्टेले टोकेको १० देखि १५ दिनसम्म ज्वरो आउनु, काम छुट्नु, टाउको दुख्नु, पसिना आउनु, बान्ता हुनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, अंग सुनिनु औलोका लक्षण हुन्।

नेकपाको पोलिटब्युरो गठन वैशाखमै नेकपाका शीर्ष नेता पोलिटब्युरो गठनमा जुटेका छन्। वैशाखभित्रै पोलिटब्युरो गठन, कार्य विभाजन र जनसंगठनको एकता टुंगो लगाउनुपर्ने दबाबमा नेताहरू छन्। आगामी सचिवालय बैठकबाट पोलिटब्युरो गठन हुने नेताहरूले बताए।

‘वैशाखभित्रै पार्टी बैठक बसेर पोलिटब्युरो गठन गर्ने र नेताहरूको कार्य विभाजन टुंग्याउने काम सँगसँगै हुनेछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनका अनुसार वरिष्ठ नेता माधव नेपाल चीनबाट फर्केलगत्तै बस्ने सचिवालय बैठकले दुवै विषय टुंगो लगाउनेछ। चीन भ्रमणमा रहेका नेपाल १५ गते फर्कने कार्यक्रम छ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बालुवाटारमा पोलिटब्युरो गठनबारे छलफल भएको छ। पार्टी स्रोतले भन्यो, ‘माधव नेपाल फर्केपछि बस्ने सचिवालयले दुवै विषयमा टुंगो लगाउने सहमति भएको छ। ’ पोलिटब्युरो सदस्य बन्न नेताहरू दौडधुप गर्न थालेका छन्।

नेकपामा १४७ जनाको पोलिटब्युरो बनाउने समझदारी छ। पार्टी विधानको धारा १८ को (घ) को २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्यको पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ।

पार्टी एकताको ११ महिना बित्दासमेत नेकपा पोलिटब्युरो गठन हुन सकेको छैन। पार्टीको ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति छ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित