खुलामञ्च अतिक्रमणको विरोधमा प्रदर्शन « Khabarhub

खुलामञ्च अतिक्रमणको विरोधमा प्रदर्शन


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं भ्यू टावर बनाउने जिम्मा लिएको जलेश्वर स्वच्छन्द र बिकोई कम्पनीले खुलामञ्च अतिक्रमण गरेपछि स्थानीय सर्वसारधण र सम्पदा संरक्षण बचाउ अभियान्ताहरु विरोधमा उत्रिएका छन् ।

‘खुलामञ्च कहाँ छ, खोइ ?’ ‘खुलामञ्च कहाँ छ खुला ?’ ‘खुलास्थान माफियाले मास्न पाइँदैन ? लगायतका नारासहित उनीहरु विहीबार दिउँसो खुलामञ्चमा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध प्रदर्शन खुलामञ्चस्थित अस्थायी बसपार्कबाट सुरु भइ काठमाडौं महानगरपालिका पुगेर समाप्त भएको थियो ।

‘खुलामञ्चमा व्यापार गर्न पाइँदैन, बन्द गर’ भन्दै अभियान्ताहरुले पुरानो बसपार्कमा बनाइएको ४२ सटरलाई बन्द गर्न आग्रह समेत गरे ।

विरोध कार्यक्रम बोल्दै खुला मञ्च बचाउ अभियानका संयोजक सुसन वैद्यले भने, ‘खुलामञ्च सबैको जग्गा हो, हामी मास्न दिदैनौँ ।’

विरोध प्रदर्शनीमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, नयाँ शक्तिकी नेतृ मानुषी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

‘काठमाडौं भूकम्पीय जोखिम भएको ठाउँ हो, भोलि विपद् व्यवस्थापन गर्न कै लागि पनि खुलामञ्चलाई खुला राख्नुपर्छ, मास्न दिनुहुँदैन’ विरोध प्रदर्शनीमा उपस्थित भएका कांग्रेस नेता भीमसेनदास प्रधानले भने ।

पूर्वरक्षामन्त्री समेत रहेका प्रधानले खुला स्थानको संरक्षण गर्नुपर्ने हो, तर राज्यसत्तामा बस्नेहरुले खुला स्थानहरु मास्दै हिँडिरहेको समेत आरोप लगाए ।

आफ्नै वडामा यसरी सटर बनेर भाडामा गइसक्दा पनि सो वडाका अध्यक्ष जानकार छैनन् ।

आखिर ठेकेदार कम्पनीले कोसँग र कसलाई सोधेर यसरी सटर बनाउदैँ भाडामा लगायो ? भन्ने कुरामा न त महानगर जानकार छ न त वडा कार्यलय नै ।

यसैबीच, सम्पदा संरक्षण बचाउ अभियन्ताहरुले काठमाडौं महानगरपालिकालाई वैशाख अन्तिमसम्म खुलामञ्च अतिक्रमण रोक्न ज्ञापन पत्र बुझाएका छन् ।

विरोध गर्दै महानगरपालिका पुगेका अभियान्तहरुले महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा तोकिएको मितिसम्म खुलामञ्च अतिक्रमण नियन्त्रण नभएको खण्डमा फेरि आन्दोलनमा उत्रिने र आन्दोलनका क्रममा कुनै क्षति पुग्न गएमा आफूहरु जिम्मेवार नहुने समेत उनीहरुको भनाइ छ ।

खुलामञ्च अतिक्रमणका विषयमा ज्ञापनपत्र बुझाउन पुगेका अभियन्ताहरुलाई यस विषयमा आवश्यक कारबाही हुने सान्त्वना दिँदै उपमेयर खड्गीले भनिन, ‘साँस्कृति सम्पदा, सार्वजनिक स्थल साझा सम्पत्ति रहेको र त्यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’

उनले खुलामञ्च अतिक्रमण रोक्ने प्रतिवद्धता जनाइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ३ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित