पासाङल्हामु राजमार्ग सुधार शुरू « Khabarhub

पासाङल्हामु राजमार्ग सुधार शुरू


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ ।

रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम अगाडि बढाएको हो ।

बाह्र घुम्ती क्षेत्रको सतहमा बिग्रिएका सडकसमेत मर्मत अगाडि बढाएको छ । समयमै राजमार्ग मर्मतको थालनीले नेपालको उत्तरी नाका रसुवागढीबाट आयात निर्यात हुने सामग्रीको साथै रसुवामा सञ्चालित विद्युत् आयोजनामा एवं अन्य विकास निर्माणका सामग्री ढुवानीमा सहज हुने आशा बढ्न थालेको छ ।

सडक सतहमा गत वर्ष भएको सामान्य मर्मत सुधारले खाद्यान्न ढुवानीका साथै नियमित चल्ने यात्रुवाहक बस तथा एम्बुलेन्सलगायतका सवारी साधन चलाउन केही सहजता आइसकेको सवारी चालकले बताएका छन् ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने अन्तर्राष्ट्रिय राजमार्ग भएकाले पछिल्लो समय मर्मत सुधारमा सडक प्राविधिकले ध्यान दिन थालेको स्थानीयवासीले बताएका छन् ।

बेत्रावतीबाट कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किलोमिटर भू–भागअन्तर्गत राजमार्गको जीर्णस्थान विष्लेषण गरी मर्मतमा पहिलो प्राथमिकता दिने कार्ययोजना अनुरूप काम अगाडि बढिरहेको इञ्चार्ज इञ्जिनीयर राजेन्द्र महर्जनले बताए ।

टेवा पर्खाल र सडक सतहको ढलान कार्य स्याउबारी तथा ग्राङक्षेत्रमा समेत अगाडि बढाइएको छ ।

यस चालु आर्थिक वर्षभित्र ५४ किमी राजमार्गको इलाकाभित्र ७०० मिटर सडक सतहमा ढलान गर्ने कार्ययोजना बनिसकेको बताइन्छ ।

लागत अनमान गराई निर्माण व्यवसायी छनोटको कामसमेत सम्पन्न भइसकेकाले सडक मर्मतको काम छिटोछरितो हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

चालु आवमा रसुवा खण्डका पासाङल्हामु राजमार्ग ममर्तमा रु छ करोड ५० लाखभन्दा बढी खर्च हुने प्राविधिकले बताएका छन् ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवा तथा नुवाकोटका राजमार्ग सुधार गराउन यस वर्ष नेपाल सरकारले यथेष्ट बजेट व्यवस्था गरेको बताउँदै सडक कार्यालयका प्रवक्ता रामप्रसाद पौडेलले राजमार्गको मर्मतसम्भार छिटोभन्दा छिटो सम्पन्न गराउन सम्पूर्ण प्राविधिक समूह अहोरात्र जुटिरहेको जानकारी दिए ।

गत आवमा ग्राङ एवं मुलखर्क आसपास क्षेत्रका सडक सतहमा भएको ढलानले सवारी साधन चलाउन निकै सहजता आएको सवारी चालक सुवास तामाङले बताए ।

स्याफ्रुबेँसीबाट रसुवागढी क्षेत्रको १६ किलोमिटर भू–भागको राजमार्ग भने रसुवागढी जलविद्युत् आयोजनाले मर्मत सुधारको काम गर्दै आएको छ ।

वर्षायामको पहिरो पन्छाउने र हिउँदमा सडक सतह सम्याउनेजस्ता मर्मतका अधिकांश काम जलविद्युत् आयोजनाबाट हुँदै आएको जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिका–२ ले सडक निर्माण भएयता हालसम्म टेवा पर्खालको काम भने नभएको बताएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको स्याफ्रुबेँसी–रसुवागढी राजमार्गका भू–भागमा डोजरले मिलाएको भरमा मात्र निर्वाधरूपमा सयौँ सवारी साधन आउजाउ भइरहेको टिमुरे घट्टेखोलाका समाजसेवी सुनामवाङदी तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित