रुपा गाउँपालिकाले भूमिहीनलाई जग्गाको व्यवस्था गर्दै « Khabarhub

रुपा गाउँपालिकाले भूमिहीनलाई जग्गाको व्यवस्था गर्दै


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको रुपा गाउँपालिकाले सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोवासको समस्या समाधानका लागि काम थालेको छ।

भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका लागि सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समन्वयमा पालिकाले काम थालेको हो।

पालिकाले प्रारम्भिक चरणमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखलगायत सरोकारवालासँग राय सुझाव संकलन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति दिपक कोइराला, आयोगका केन्द्रीय सदस्यहरु भीम कार्की र एकबहादुर रानालगायतले अहिलेसम्म मुलुकको कुनैपनि कुनामा एक टुक्रा पनि जमिन नभएको भूमिहीन, सुकुम्बासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउन सुझाव दिए।

अध्यक्ष ओझाका अनुसार पालिकामा सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोवासीको संख्या ६ सय २५ छ। उनले कर्मचारी व्यवस्थापन र सहजकर्ता परिचालन गरी काम गर्ने बताए।

अध्यक्ष ओझाले भूमिहीन, सुकुम्बासीहरुलाई जमिनको मालिक बनाउने सरकारको अभियान अन्तर्गत काम गरेको जानकारी दिए। भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य भीम कार्कीले आयोगले गण्डकी प्रदेशका रुपा गाउँपालिका र नवलपुरको कावासोती नगरपालिकामा पहिलो चरणमा काम गर्ने जानकारी दिए।

उनले भूमीहिनलाई पहिचान र व्यवस्थापनको स्थानीय तहको ठूलो जिम्मेवारी रहने भएकोले सहकार्य गरेको बताए। । रुपा गाउँपालिकाको स्थलगत अनुगमन गरेको आयोगले नवलपुरको काबासोती नगरपालिकामा सुकुमबासी, भूमिहीन र अव्यस्थित बसोवासीको समस्या समाधानको काम थालेको उनले बताए ।

आयोगका सदस्य कार्कीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बनाएको आयोगले पहिलो चरणमा देशभर रहेका सात सय ५३ स्थानीय तहमध्ये एक सयवटा स्थानीय तहमा आयोगको काम अगाडि बढाएको छ।

आयोगले बाँकी स्थानीय तहमा पनि लगत्तै काम थाल्ने तयारी गरेको छ। आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि तयार पारेको छ।

कार्यविधिमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तय गरेको छ। जसअन्र्तगत सम्बन्धीत स्थानीयतहमा वसोवास वा आवाद कमोद गरी आएको व्यक्ति हुनुपर्ने, आफ्नो परिवारका सबै सदस्यको विवरण सहितको लिखित निवेदन, नेपालभित्र आफ्नो र आफ्नो परिवारका कुनैपनि सदस्यको स्वामित्वमा कतैपनि जग्गा जमिन नभएको आफ्नो र परिवारका कुनैपनि सदस्यको आयआर्जन, स्रोत र प्रयासबाट जग्गा प्रवन्ध गर्नसक्ने अवस्था नरहेको उल्लेख गरिएको आयोगका सदस्य कार्कीले जानकारी दिए।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १२ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित