उद्योगी व्यवसायीहरु विभाजित हुँदा महासंघ कमजोर बन्छ : महासंघ पूर्वअध्यक्ष जोशी « Khabarhub

उद्योगी व्यवसायीहरु विभाजित हुँदा महासंघ कमजोर बन्छ : महासंघ पूर्वअध्यक्ष जोशी


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले उद्योगी व्यवसायीहरु विभाजित हुँदा महासंघ कमजोर बन्ने बताएका छन ।

मूलुकले हासिल गर्न चाहिरहेको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु एक भएर योगदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले अहिलेको अवस्थामा सरकारसँग मिल्ने कुरामा मिलेर र उद्योगी व्यवसायी प्रतिकुलका निर्णयमा सरकारसँग लडेर अधिकार लिन सक्ने नेतृत्व महासंघलाई चाहिएको बताए ।

उनले महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई आफ्नो समूह भनेर सहयोग गरिरहेको बताउँदै अध्यक्षले चाहेको समूहलाई समर्थन गर्नु महासंघको नै आवश्यकता रहेको औंल्याएका छन् ।

नेतृत्वले चाहेको व्यक्ति तथा समुह कार्यसमितिमा नआउँदा काम गर्न असजिलो हुने गरेको विगतलाई स्मरण गर्दै पूर्व अध्यक्ष जोशीले मतदाताहरुले महासंघको नेतृत्व सबल भएको देख्नका लागि प्रधान र उनको समुहलाई सघाउनु पर्ने बताए । यसो भएको खण्डमाा महासंघ नेतृत्व कमजोर हुने गरेको इतिहास नदोहोरिने उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा किशोर प्रधान र शेखर गोल्छा एक आपसमा प्रतिस्पर्धा गरेको भए पनि प्रधानको आवश्यकता महशुस गरेर नै जिल्ला नगरको उपाध्यक्ष बनाएर महासंघबाट बाहिरिन नदिइएको जोशीको भनाइ थियो ।

जिल्ला नगरतर्फको अनुभवी व्यक्ति महासंघमा प्रधान नै भएकाले उनलाई महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउनु पर्ने जोशीको बुझाई छ ।

‘शेखर गोल्छा अब अध्यक्ष हुँदै हुनुहुन्छ, हिजो आफैँसँग प्रतिस्पर्धा गरेको व्यक्तिलाई किन आज मेरो टिम भन्दै हुनुहुन्छ,’ जोशीले भने, ‘हिजो पनि किशोर प्रधान बाहिर हुँदा रिक्त रहेको जिल्ला नगर उपाध्यक्षमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखेर गोल्छाले नै किशोरलाई ल्याउनुपर्छ भनेर ल्याइएको हो । म सबैलाई आग्रह गर्न चाहन्छु, अनुभवी व्यक्तिलाई महासंघमा ल्याउनुपर्छ ।’

पूर्व अध्यक्ष जोशीले कोरोनाका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्न आगामी अध्यक्ष गोल्छाले ल्याउने योजना कार्यान्वायन गर्नका लागि महासंघमा २८ वर्ष लामो अनुभव भएका किशोर प्रधान नै सारथीका रुपमा उभिन सक्ने भएकाले उनको समूहलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।

महासंघसँग सरकार परिवर्तन गर्न सक्ने क्षमता हुँदाहुँदै पनि सरकारले पार्दै आएको असजिलोमा नै लिप्त हुने प्रवृत्ति व्यवसायिक वातावरणका लागि दुर्भाग्य भएको जोशीले बताए ।

उद्योगी व्यवसायी भनेको राज्यलाई सबैभन्दा बढी कर बुझाउने समुदाय भएको उल्लेख गर्दै उनले कर बुझाए वापत पाउनुपर्ने अधिकारबाट उद्योगी व्यवसायी नै बञ्चित हुनुपर्ने अहिलेको अवस्था चिर्नका लागि पनि महासंघको आगामी निर्वाचनमा मतदाताले सोचेर मतदान गर्नुपर्ने उनको सुझाव छ ।

‘हामी करदाता हौँ, रोजगारदाता हौँ, चैत्र ११ गतेदेखि मूलुक लकडाउन भयो, सबै उद्योग धन्दा, व्यापार व्यवसाय बन्द गर्न सरकारले उर्दी गर्यो, हामीले बन्द पनि गर्यौं पूर्व अध्यक्ष जोशीले भने, तर उद्योग व्यवसाय बन्द रहँदा पनि आफ्ना कामदारलाई आफैँ पैसा देउ भनेर सरकारले भन्यो, हामी यो सुनेर मात्रै बस्यौँ, बोल्न सकेनौँ । किनभने हामी अहिले कमजोर बनिसकेका छौं,’ उनले थपे, ‘किशोर प्रधान कसैको उक्साहटमा निर्वाचनमा होमिएका होइनन्, अहिलेको अर्थतन्त्रको जर्जर अवस्थामा मैले अध्यक्षलाई सहयोग गर्नुपर्छ र गर्न सक्छु भनेर आएका हुन् ।’

‘उनलाई यसपटक निर्वाचित गराउनुको विकल्प छैन,’ जोशीले भने, ‘आगामी नेतृत्वलाई दुई फरक खेमामा विभाजित गर्ने गराउने गल्ती भयो भने महासंघ अबका दिनमा झनै कमजोर बनेर जानेछ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ३ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित