स्वास्थ्य मन्त्रालयले भन्यो – लकडाउन हुँदैन « Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो – लकडाउन हुँदैन


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारे ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो । “

मुलुकमा फेरि पनि बन्दाबन्दी गर्ने योजना रहेको छैन”, उनले भने, “अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो । तैपनि हामी निजी स्वास्थ्य सङ्घसंस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छाैं । ”

उनका अनुसार सक्रिय २५ हजार सङ्क्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका सङ्क्रमित रहने छन् । तिनलाई आवश्यक शय्या सरकारसंँग छ । अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् ।

यस्तै ६० हजार ६९६ जना निको भएका र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिले दुई हजार ६०० सघन उपचार कक्ष, ९०० भेन्टिलेटर र २० हजार ७६५ आइसोलेसन शय्या छन् ।

आजै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी बन्दाबन्दी तत्काल नहुने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरे ।

व्यवसायीले विस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि बन्दाबन्दीको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताए ।

अहिले बन्दाबन्दी खुलेसँगै सबै क्षेत्र खुला गरिएको छ । यही असोज १ गतेदेखि लामो दूरीका यातायात सेवा र असोज ५ गतेदेखि हवाई सेवा सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित