रोनाल्डो र मेस्सीको दौड, कसले बनाउला कीर्तिमानी ? « Khabarhub

रोनाल्डो र मेस्सीको दौड, कसले बनाउला कीर्तिमानी ?


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-युइएफए च्याम्पियन्स लिगमा युभेन्टस आफैंमा उत्कृष्ट टोली होइन् । तर, पुनः एक पटक विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्ट्सको उद्दार गरेका छन् ।

पूर्व म्यान्चेस्टर युनाइटेड र रियल मड्रिडका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिगका १ सय ६१ खेलमा १ सय २५ गोल पुरा गर्दा एमस्टाडममा आयाक्सविरुद्ध उत्कृष्ट हेडर गोल गरे ।

बुधबार राति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आयाक्सविरुद्ध १ गोल गरेका रोनाल्डोले आफ्ना प्रतिस्पर्धी अर्का विश्व चर्चित खेलाडी बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई १७ गोलले पछि पारेका छन् ।

अहिलेको अवस्थामा रोनाल्डोभन्दा ३ वर्ष कान्छा मेस्सीले रोनाल्डोको कीर्तिमानी भङ्ग गर्लान् भन्ने अड्कलबाजी शुरु भएको छ ।

मेस्सी र रोनाल्डोको च्याम्पियन्स लिगको गोललाई अध्यन्न गरेको बीबीसीले विभिन्न किसिमका तथ्याङ्कहरु सार्वजनिक गरेको छ । जसमा रोनाल्डो र मेस्सीबीच च्याम्पियन्स लिगका खेल खेल्दा एक सिजनमा एउटाले र अर्को सिजनमा अर्कोले बढी गोल गर्छन । उनीहरु दुवै जनाको च्याम्पियन्स लिग करियर सन् २००५ देखि अहिलेसम्म चलिरहेको छ ।

रोनाल्डोभन्दा मेस्सी सन् २०१० देखि २०१४ सम्म धेरै गोल गर्ने खेलाडीको सूचीमा छन् । त्यस्तै सन् २०१५ पछिका खेलमा रोनाल्डोले बढी गोल गरेका छन् ।

३४ वर्षे रोनाल्डोले २००३ मा म्यान्चेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । तर उनले रोमाविरुद्धको खेलमा युनाइटेडबाट २ गोल गरेपछि उनी पहिलो रोजाईमा पर्दै आएका थिए ।

१२ वर्षपछि हेर्दा च्याम्पियन्स लिगमा १ सय २५ गोल पुरा गर्ने उनी एक्ला खेलाडी बनेका छन् । “रोनाल्डोले आफुलाई फरक भएको प्रष्ट पारेका छन् । उनको टाइमीङ र मुभमेन्ट अरुको भन्दा भिन्नै छ । त्यहाँ तपाई केही पनि गर्न सक्नु हुँदैन जहाँ युभेन्टस छ,” युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले स्काई स्पोट्ससँग भने,“उनी यस्ता खेलाडी हुन् जोसँगै अरु खेलाडीको भन्दा गोल गर्ने तरिका फरक छन् ।”

यो सिजनका ८ खेलमा रोनाल्डोले ५ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगका खेलमा उनको गोल संख्या औसत ०.७७ छ ।

के मेस्सीले रोनाल्डोलाई भेट्टाउलान् ?

३१ वर्षे मेस्सीले च्याम्पियन्स लिगमा २००४ मा डेब्यु गरेपनि गोलमा रोनाल्डोभन्दा पछि छन् । तर, २०११—२०१२ को अन्तिमसम्म भएका खेलमा मेस्सीले १३ गोल गरेका थिए ।

तर, रोनाल्डोको औषत गोल दरले गर्दा पनि अहिले उनको नाममा च्याम्पियन्स लिगमा सर्वाधिक गोल कर्ता बन्न सफल भएका छन् । त्यसमध्ये पनि २०११ पछि २०१७—०१८ को सिजनसम्म खेलको अन्तिम १० मिनेटमा गोल गर्दा पनि उनलाई सफलता हात पर्‍यो ।

मेस्सीले च्याम्पियन्स लिगमा खेलेका १ सय ३२ खेलमा १ सय ८ गोल गरेका छन् । उनको गोल औसतमा ०.८१ छ ।

मेस्सीले गोलमा रोनाल्डोलाई भेट्टाउलान् ? तथ्याङ्क हेर्दा राोनाल्डोको औषत गोल दरमा कमी आएको छ भने मेस्सी आफ्नो औसत दरमा गोल गरिरहेका छन् । यहि अवस्थालाई हेर्ने हो भने मेस्सीले अब २१ खेल खेल्दा रोनाल्डोको कीर्तिमान भेट्टाउने छन् ।

यदि बार्सिलोना यो सिजन वा अर्को सिजनको फाइनलसम्म पुगे मेस्सी १सय२५ गोल नजिक हुनेछन् र २०२०—०२१ को सिजनमा लक्ष्य पुरा गर्नेछन् । त्यसैले मेस्सीले रोनाल्डोको कीर्तिमानी जित्ने करिबकरिब पक्का छ । त्यसो भन्दैमा रोनाल्डोको प्रदर्शनलाई पनि कम आँक्न सकिन्न । उनले गोल संख्या बढाउने आधार पनि उत्तिकै छ ।

शीर्ष स्थानका अन्य गोलकर्ता

रोनाल्डो र मेस्सीलाई पछ्याउने खेलाडीको संख्या पनि कम छैन् । रियल मड्रिडका स्टाइकर करिम बेञ्जमा अहिले सक्रिय खेलाडीमध्ये तेस्रो सवार्धिक गोल कर्ता हुन् । उनले अहिलेसम्म ६० गोल गरिसकेका छन् भने उनलाई पछ्याइरहेका म्यान्चेस्टर सिटीका खेलाडी सर्जियो अग्युरोको ३६ गोल मात्रै भएको छ । उनीहरुले शीर्ष दुई स्थानमा रहेका रोनाल्डो र मेस्सीलाई भेट्न निक्कै मेहनत गर्नुपर्ने देखिन्छ ।

  बीबीसीको सहयोगमा

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  १ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित