केरुङ च्छो ताल फुट्ने जोखिम « Khabarhub

केरुङ च्छो ताल फुट्ने जोखिम


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- छिमेकी मुलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ ।

ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ ।”

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

बाह्रबीसे –तातोपानी सडक अस्थायी सञ्चालन

गत असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।

बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायत संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको हो । बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्न योग्य भएको छ ।

अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ ।

सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखेर अस्थायी रुपमा सडक निर्माण भएको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखेर तीन लाइनको कलभर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको महतोले बताए । उनका अनुसार अस्थायीरुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ ।

नैनबहादुरको उपचारमा ७० हजार

अर्थाभावका कारण उपचारमा समस्या भएपछि तत्कालीन माओवादी लडाकूका कम्पनी कमाण्डर नैनबहादुर तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । सशस्त्र युद्धमा बम गोलीका छर्रा लागेर अर्बुद रोग लागेका उहाँलाई केही दिनयता आर्थिक सहयोग लिएर मन्त्री, सांसद र नेताहरु भक्तपुरस्थित डेरामा पुगिरहेका छन् ।

शनिबार नेकपा सुनकोशी गाउँपालिका कमिटीका समन्वयमा वाग्मती प्रदेश सरकारका मन्त्री अरुण नेपाल र प्रदेशसभा सदस्य सरेश नेपालसहित नेकपाका नेता कार्यकर्ता तामाङलाई भेट्न पुगेका थिए ।

मन्त्री नेपालले नैनबहादुरको उपचारका लागि ७० हजार सहयोग प्रदान गर्दै स्वास्थ्य उपचारमा आवश्यक पहल गर्ने बताए ।

यसअघि पूर्वमन्त्री मोहन बस्नेतले ५० हजार सहयोग गरेका थिए । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले एक महिनाको तलब सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित