बिजुली आउने र जाने कुनै टुङ्गो छैन « Khabarhub

बिजुली आउने र जाने कुनै टुङ्गो छैन


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्लाका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोड्दै देशलाई झिलीमिली बनाइरहे पनि लमजुङमा बिजुली आउनेजाने कुनै टुङ्गो छैन ।

दैनिक ३०/३५ पटक बिजुली आउनेजाने समस्या रहेको उपभोक्ताले गुनासो गरेका छन् । यो समस्या यहाँ मात्र होइन छिमेकी तनहुँका साबिक तीनवटा गाविस चोक चिसोपानी, रुपाकोट र पुरकोटका स्थानीयवासीलाई समेत समस्या हुँदै आएको छ ।

नेपाल विद्युत् प्राविधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार आठ सय घरधुरीका नागरिकलाई विद्युत् सेवा दिँदै आएको छ । तनहुँको ती साबिक गाविसहरुमा मात्रै करीब दुई हजार ६ सय घरधुरीमा बिजुली वितरण हुँदै आएको वितरक संस्थाले जनाएको छ।

जिल्लामा प्रत्येक महिना १२ लाखदेखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ । विद्युत् सेवाग्राहीलाई पर्याप्त भए पनि भौगोलिक संरचना र प्राविधिक कारणले नियमित रुपमा बिजुली उपभोक्ताले बाल्न नपाएको वितरक संस्थाको दाबी छ ।

सो संस्थासँग ‘स्थानीयवासीले बिजुलीको समस्या भयो’ भन्दै वर्षौं वर्षदेखि गुनासो गर्दै आएका छन् । तर पनि सो संस्थाले समस्याको हल गर्न नसक्दा स्थानीय तथा सेवाग्राहीहरु समस्या झेल्न बाध्य भइरहेका छन् । वर्षायाममा दैनिक पानी पर्नाले समेत बिजुली आउनेजाने समस्या बढी भइरहेको बेँसीशहरका विपिन श्रेष्ठले बताए।

उनले, ‘जलविद्युत् नै जलविद्युत् आयोजना भएको जिल्लामा समेत बिजुली आउनेजाने भर नहुँदा लाजमर्दो कुरा भएको छ ।’

स्थानीय क्लब तथा उद्योग वाणिज्य सङ्घ बेँसीशहर इकाइलगायत स्थानीयवासीले पटकपटक बिजुली नियमित नभएको भन्दै विरोध गर्दै आए तापनि समस्या उस्तै रहँदै आएको छ।

विसं २०५३ मा सो संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा दिँदै आएको छ । तनहुँको दमौली, डुम्रे हुँदै लमजुङमा बिजुली ल्याइएकाले बिजुली आउनेजाने समस्या बढी हुने गरेको सो संस्थाले जनाएको छ ।

जिल्लामा ल्याउने बिजुलीको दूरी टाढा भएकाले दमौली, दुम्रेमा बिजुली बिग्रिदासमेत बिजुली जाने गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको सो संस्थाका अध्यक्ष श्रीकान्त पौडेलले बताए। दमौलीबाट ल्याउँदा टाढा पर्ने भएकाले समस्या भएको र दूरी छोटो भएमा बिजुली आउनेजाने समस्या हटेर जाने उनको भनाइ छ।

लमजुङमा ७० मेगावाट क्षमताको मध्यमस्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ‘ए’, आठ दशमलव आठ मेगावाटको रुदी ‘ए’ पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राधी खोला, चार मेगावाटको खुदी जलविद्युत् लगायतका आधा दर्जनभन्दा बढी आयोजनाले निमार्ण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । करीब एक दर्जन जलविद्युत्को आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित